काठमाडौं । वर्षायामसँगै चट्याङ लाग्ने घटना वृद्धि हुन्छ । चट्याङको कारणबाट कतिपयले ज्यान गुमाउने गर्छन । यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।
खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम हुन सक्छ । टावर, अग्ला रूख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ ।किनभने बादलमा जम्मा भएको विद्युतीय चार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु नजिक पर्छ त्यहीमाथि विपरीत चार्ज पैदा हुन्छ । यसैलाई हामी चट्याङ परेको भन्छौँ।
विपरीत दिशाबाट आएका बादल आपसमा ठोक्किँदा तिनका अणुबीच हुने घर्षणबाट चट्याङ उत्पन्न हुन्छ । यो विद्युतीय तरंग हो । यसबाट विद्युतीय विस्फोटन हुन्छ । बादलबीचमा बग्ने करेन्ट निकै शक्तिशाली हुन्छ । यस्तो करेन्ट तीन हजारदेखि तीन लाख एमपिएससम्मको हुन्छ ।
नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक चट्याङबाट भए पनि यसबाट जोगिनेबारे प्रचुर सावधानी अपनाएको पाइँदैन । यसमा जनचेतनाको कमी देखिन्छ । चट्याङका कारण प्रवाह हुने करेन्टबाट जोगिन सके मानवीय क्षति कम गर्न सकिन्छ ।
यो प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न एवं नियन्त्रण गर्न सकिँदैन । तर, सावधानी भने अपनाउन सकिन्छ । घर निर्माण गर्दा अर्थिङ गराउनुपर्छ, जसले चट्याङको भय हुँदैन ।
- चट्याङबाट कसरी बच्ने ?
घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्ने। टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै, धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नुहुँदैन । - भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल(ढोकाको छेउमा नबस्ने ।
- चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौँ ।
- खोला, पोखरी आदिमा नबस्ने ।
- अग्लो एवं खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।
- यदि तपाईं घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।
- मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।
- धातुको पाइप, पर्खाल, रूख आदिको छहारीमा नबस्ने ।
चट्याङले घाइते भएमा के गर्ने ?
- यदि चट्याङले घाइते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोृकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ ।
- चट्याङले पोलेको, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पुर्याउनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच