कर्णाली राजमार्गको नाग्ममा अर्गानिक कोसेली घर स्थापना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डको जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देश्यिय सहकारी संस्था जुम्लाले अर्गानिक कोसेली घर स्थापना गरेको छ ।

जिल्लामा उत्पादनहुने रैथानेबालीको बजारीकरण र आन्तरिक तथा बाह्य पर्यटनसम्म अर्गानिक कोसेली सहजरुपमा पुर्‍याउनका लागि कर्णाली राजमार्गको कालिकोट, जुम्लाहुँदै मुगुसम्मको मुख्य सडकखण्डको नाग्म बजारमा अर्गानिक कोसेली घर स्थापना गरी संचालनमा आएको सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताउनुभयो ।

कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तुहरु संकलन गरी बजारीकरण गर्नको लागि कोसेली घर स्थापना गरेको हो । संस्थामा आवद्ध सदस्यहरुको जीविको पार्जनमा सुधार गर्ने र कृषकहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले नाग्ममा कोसेली घर स्थापना गरिएको संस्थाका प्रबन्धक खत्रीको भनाइ छ ।

गाउँका रैथाने बालीको बजारीकरण गर्न कोसेली घर स्थापना गरिएको हो । उत्पादित रैथाने कृषिबाली सिधै उपभोक्ताको पहुँचमा पुग्नेहुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई राहतपुग्ने भएको छ । कोसेली घरले पर्यटन प्रवद्र्धनमा टेवापुग्ने अपेक्षा समेत गरिएको छ । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर संचालन गरिएको चन्दननाथ बहुउद्देशिय सहकारी संस्था जुम्लाले जनाएको छ ।

सहकारीमा आवद्ध महिला सदस्यहरुले उत्पादन गरेका रैथाने बालीहरु कोसेली घरमा राखिने भएको छ । जुम्ला र कालिकोटका महिलाहरुले उत्पादन गरेका वस्तु बजारको पहुँचमापुग्न नसकेकाले बजारीकरणमा टेवा पुग्ने उद्देश्यले कोसेली घर संचालनमा ल्याइएको सहकारी जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?