![ब्यू, मल पछि ल्याउँदै गरौला…](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Himalaya-Times-Chasakka-2081-3-16.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेश गरेको समिक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताउनुभएको छ ।
बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोेर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समिक्षा यात्रामा पठाइएको बताउनु भयो ।
उहाँले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘स्वभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरु हाम्रै पार्टी पंक्तिका साथीहरुले नभनेका कुरा चाहीँ होइनन् । महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो । उहाँ स्वेच्छाले भन्दापनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो । उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं । अध्ययनको आधारमा निष्कर्षहरु आइसकेपछाडी अनि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समिक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समिक्षा यात्रा शुरु गरी ३८ जिल्ला पुगेर गरेको समिक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच