![एसइईमा आधाभन्दा बढी ‘फेल’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/More-than-half-fail-in-SEE-Hita-fornt-page.jpg)
काठमाडौं । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ ।
यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उहाँका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने हुनुभएको हो ।
सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो । बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्ने बारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जित्नुभएको थियो ।
बहस अघि बाइडेन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने बाइडेनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन् ।
बहस बिभिन्न मुद्धामा भएको थियो । जसमा अवैध आप्रवासी, एबर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महंगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्धामा बहस भएको थियो ।
बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उहाँले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।
बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाउनु भएको थियो, भने ट्रम्पले बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको बताउनु भएको थियो ।
![‘एमसिसी’ र ‘बिआरआई’ बारे सांसदहरू विभाजित](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Member-of-Parliament-in-the-Federal-Parliament-House-of-Representatives-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच