जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : पूर्वसभामुख सापकोटा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताउनु भयो । उहाँले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गर्नुभयो । उहाँले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दैछौँ त भन्दा यो लोकार्पण किन गर्दैछौँ त भन्दा हामी हामी ठूलो तयारीमा फेरि जाँदैछौँ । राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भुमरिमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदैछौँ । समाजवाद संविधानमा उल्लेख छ तर त्यसको राम्रो व्याख्या छैन । अब व्याख्या गरेर अघि जानुपर्छ । अघि गयौँ भने यही नै हुनेछ की कमरेड जगतबहादुर बोहराप्रतिको सच्चा श्रद्धाञ्जली । म के विश्वास दिलाउन चाहन्छु भने जीवनको अन्तिम घडीसम्म मैले त्याग्न केही कुरा बाँकी छ भने सम्पूर्ण कुरा त्याग्न म तयार छु । सारा तागत लगाएर हामी अघि बढौँ । नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भइ छोड्नेछ ।’

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?