यी खाना फेरी तताएर खाँदा विष सरह

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौँ । चिसो बेला छ । पकाएको खानेकुरा कयौँ दिनसम्म फ्रिजमा राख्दा पनि बिग्रिदैंनन् । त्यसैले यो मौसममा एकै पटक केही छाकलाई पुग्ने गरी भात, तरकारी र अरू खानेकुरा पकाएर राखिन्छ । ताकि बारम्बार भान्सामा उभिएर खाना पकाउने झन्झटबाट मुक्ति मिलोस् । यसो गर्दा समयको बचत त हुन्छ । तर स्वास्थ्यका लागि भने यो बानी निकै नोक्सानदायक हुन सक्छ ।

हिउँदमा पाइने केही तरकारीहरू यस्ता हुन्छन् जसलाई बारबार तताउँदा यसमा भएको पोषक तत्त्व घट्न वा नष्ट हुन सक्छ । साथै खानेकुरा विषाक्त पनि बन्न थाल्छन् । यसलाई खाँदा शरीरमा ‘स्लो पोइजन’को जस्तो असर देखाउन थाल्छ ।

धेरैजसो हरियो पत्तेदार तरकारी अनि जमिनमुनि फल्ने गाजर, सलगम जस्ता तरकारीमा नाइट्रेट पर्याप्त मात्रामा पाइन्छ । यी तरकारीहरूलाई दोर्होयाएर तताउँदा नाइट्रेटको मात्रै झन् धेरै बढ्छ । यसले शरीरमा हानी पुर्याउन सक्छ । दोर्होयाएर तताउँदा नाइट्रेट विषाक्त बन्छ ।

खासगरी पालुङ्गोलाई एक पटक पकाइसकेपछि दोर्होयाएर तताउनु हुँदैन । पालुङ्गोमा आइरन धेरै मात्रामा पाइन्छ । आइरनलाई धेरै तातो पारियो भने यो अक्सिडाइज्ड हुन थाल्छ । आइरन अक्सिडाइज्ड भयो भने फ्री–र्याडिकल्स बन्छ । शरीरभित्र छिरेपछि यसले प्राणघातक रोग पैदा गर्न सक्छ । यसका कारण बाँझोपना र क्यान्सर पनि देखिन सक्छ ।

पाकिसकेको भातलाई दोर्होयाएर तेहराएर तताएर खाँदा फूड प्वाइजनिङ हुन सक्छ । भात चिसो हुन थालेपछि यसमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छ । भात तताउँदा यी ब्याक्टेरिया नष्ट त हुन्छन्, तर यसको तत्त्व भातमा पूरै मिसिन्छ । जुन विषालु हुन सक्छ ।

आलुबाट बनेका तरकारी या उसिनेको आलुलाई हामी बारम्बार तताएर खान्छौं । तर यस्तो गर्नु हुन्न । यसो गर्दा ब्याक्टेरियाबाट हुने बोटुलिज्म नामक रोगको खतरा हुन्छ ।

अन्डामा प्रोटिन भरपुर मात्रामा पाइन्छ । धेरै मानिसहरू रमाई रमाई उसिनेको अन्डा खान्छन् । तर तारिएको वा उसिनेको अन्डालाई दोर्होयाएर तातो बनाउँदा यसमा भएको प्रोटिन नष्ट हुन्छ । यसलाई खाँदा पेट दुख्ने समस्या देखिन सक्छ । च्याउमा पनि भरपुर मात्रामा प्रोटिन हुन्छ । यसलाई पकाउने बित्तिकै खाइहाल्नु पर्छ ।

फेरि तताउँदा यसमा भएको प्रोटिन नष्ट हुन्छ । यसले पाचन तन्त्रमा क्षति र्पुयाउँछ । मासुलाई पनि बारम्बार तताएर खानु हुन्न । ओलिभ आयल पनि पटक पटक तातो बनाएर चलाउनु हुन्न ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?