![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
काठमाडौं । 'संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको' स्लोगन सहितको नेकपा एमालेको निकट भातृसंगठन युवासंघले आज एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती उपलक्ष्यमा एक महिने वृक्षारोपण अभियान शुरु गरेको छ ।
शुरूवात ललितपुरको पोखरीटार पार्कबाट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा शुरु गरएकाे हो ।
अभियानको पहिलो दिन आज अध्यक्ष केपी ओलीले रुद्राक्षको बिरुवा रोपेर शुरु गर्नुभयो ।
कार्यक्रममा युवासंघका अध्यक्ष क्षितिज थेवेको आथित्यता रहेको थियाे।
सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उहाँले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताउनुभयो ।
एक महिने वृक्षारोपण अभियानले ७७ जिल्लामै वृक्षारोपण गर्ने जानकारी युवासंघका सचिव निरोज पौडेलले दिनुभएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच