झापा । झापा भद्रपुर नगरपालिका–२ डिगाउँका राजेश तामाङले धारिलो हतियार प्रयोग गरी शुक्रबार छिमेकी गौरीमाया तामाङको हत्या गरेको छ ।
अन्दाजी ४० वर्षीय राजेशले दिउँसो साढे ३ बजे धारिलो हतियारले घाँटी काटेर ७० वर्षीया ज्येष्ठ नागरिकको हत्या गरेको हो ।
हत्याको कारण खुल्न सकेको छैन।
राजेशले घरमा नै आएर धारिलो हतियार प्रहार गर्दा गौरीमायाको घाँटीको दाहिने भागमा गहिरो चोट लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
हत्यामा सम्लग्न राजेशलाई पक्राउ गरेको छ । लुकिछिपी भाग्ने तयारी गर्दैगर्दा राजेश पक्राउ परेका हुन् ।
राजेशलाई जिप्रका चन्द्रगढीमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच