देवदहमा औद्योगिक ब्यापार मेला शुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । रुपन्देहीको देवदहमा आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८० शुरु भएको छ ।

कृषि,पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार भन्ने मूल नाराका देवदह उद्योग बाणिज्य संघको आयोजना, देवदह नगरपालिकाको सहयोगमा महोत्सव शुरु भएको हो ।

महोत्सवको एक कार्यक्रमका वीच लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गर्नु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले मेला महोत्सवको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाँले कोभिडका कारण देशको आर्थिक अवस्था विग्रदै गईरहेको बताउँदै यस्ता मेला महोत्सवले देशको आर्थतन्त्र सुधार गर्न सकिने बताउनु भयो ।
मन्त्री खनालले पर्यटनमा नीजि क्षेत्रले अरवौं रकम लगानी गरेपनि देशमा पर्यटन भित्र्याउन नसक्दा लगानी डुव्ने खतरा बढ्दै गईरहेको बताउनु भयो । उहाँले तीनै तहको सरकारले नीतिगत सुधार गरेर नजाने हो भने भने कुनैपनि क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो । उहाले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रदान गर्न नसक्दा विकास हुन नसकेको बताउनु भयो ।

उहाँले प्रदेश र स्थानीय तहलाई बलियो बनाएमात्र संविधान संघीय लोकतान्त्रिक बलियो हुने बताउँदै होचुवाको भरमा योजना बाड्दा कार्यान्वयन हुन नसकेको बताउनु भयो । मन्त्री खनालले एक पालिका एक अस्पतालको अवधारणा अगाडि सारेपनि सरकारले ती अस्पताललाई प्रविधि दिन नसक्दा संचालनमा समस्या भईरहको बताउनु भयो । सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले भगवान गौतम बुद्धको मावली स्थल देवदह कृषि र पर्यटन क्षेत्रको प्रचार संभावना रहेको बताउनु भयो ।

उहाले आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउनको लागि सवैले सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको औल्याउनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले मेला महोत्सवहरु मर्म र भावना अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले व्यापार व्यवसाय प्रवद्र्धन गर्न राज्यले नीति अवलम्वन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सकेमात्र स्वदेशमै रोजगार सृजना हुने बताउनु भयो । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघका केन्द्रिय सदस्य जसमिर मियाँ, लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संघका अमृत फुल्लेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

देवदह–५, खैरेनीमा रहेको लोकेश्वर मन्दिर देखि शुरु भएको प्रभातफेरीमा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै अध्यक्ष भण्डारीले उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी महोत्सवको आयोजना गरेको बताउनु भयो । उहाँले फागुन ८ गते सम्म संचालन हुने महोत्सवको एक लाखले अवलोकन गर्ने र करिव १० करोड कारोवार गर्ने लक्ष्य लिईएको जानकारी दिनु भयो । देवदह उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठको स्वागत र कमला अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?