काठमाडौं । असार १५ अर्थात धान दिवसका दिन एक अर्ब ४० करोडको दही खपत हुने बताइएको छ । नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने र सोबापत करिब एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने जानकारी दिनुभएको हो । एसोसिएसनद्वारा शुक्रबार काठमाडौंमा आयोजित दही च्यूरा प्रवद्र्धन कार्यक्रमा उहाँले दुध दुग्धजन्य पदार्थको प्रवद्र्धनमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका नवनियुक्त कार्यकारी निर्देशनक डा. राजेन्द्र यादवले दही चिउरा नेपाली संस्कृति नै रहेको भन्दै वर्षमा एकपटकमात्र नभइ वर्षभरी प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । किसानले उत्पादन गरेको दुध तथा पदार्थ खपतमा वृद्धि ल्याउन यस्ता कार्यक्रम प्रभावकारी हुनसक्ने उहाँको भनाइ थियो । साथै यादवले असार महिनाभित्रै दुग्ध किसानले भुक्तानी पाउने बताउनुभएको छ । दही च्यूरा दिवस मनाइरहँदा भुक्तानी नपाउँदा किसान रोइरहेको अवस्था रहेको भन्दै उहाँले किसानको दुधको भुक्तानीको प्रयास भइरहेको बताउनु्भयो । सरकार, दुग्ध विकास संस्थान, वोर्ड, डेरी एसोसिएसन, किसानलगायत सबै सरोकारवाला निकाय किसानको भुक्तानीको पहल र प्रयासमा रहेकोले असारभित्रै भुक्तानी हुने यादवले विश्वास दिलाउनुभएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारीका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले एसोसिएसनले चलाएको मोही अभियान या दही चिउरा, खिरलगायतका कार्यक्रमले किसानको उत्पादन खपतमा ठूलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमा एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमला, पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम ओली, एसोसिएसनका सहकोषाध्यष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, बागमति प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, सचिव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघक उपाध्यक्ष दिपक सञ्जेलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच