नेपाल सरकारले विसं २०६१ साल मंसिर २९ गतेको निर्णयअनुसार विसं २०६२ साल असार १५ गतेदेखि हरेक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको थियो । यसरी देशमा धान उत्पादन गर्नका लागि जल, वायु, जमीन सबै किसिमले उपयुक्त भए पनि अपेक्षित रुपमा धानको उत्पादन भइरहेको छैन् । यसर्थ अझै पनि अकाशे खेतीमा भर पर्ने अवस्था छ । यसर्थ धेरै किसानहरूलाई भन्ने हो भने धेरै उब्जाउ खेतहरूमा सिँचाइको आवश्यक व्यवस्था हुनसकेको छैन् । फलतः यसमा भ्रष्टाचार र राजनीति अस्थिरता यसको प्रमुख बाधक पनि हो । यद्यपि, कृषिको विकासका लागि जबसम्म किसानलाई तालिम, मल, सहुलियत दरमा कृषि औजार, अनुदान, बीउलगायत आधुनिकीकरण र व्यवसायिकीकरणको अभावले पनि नेपालले चाहेको धान उत्पादन गर्न नसकेको तीतो यथार्थ हो । नत्र नेपालमा संसारको सबैभन्दा उच्च स्थानमा धान फलाउने प्राकृतिक अनुकूलता छ । यसमा मुलुकको जुम्ला जिल्लाको छुमचौर संसारको सबैभन्दा उच्च स्थानमा धान उत्पादन भइरहेको स्थानको कीर्तिमान साथ धान उत्पादन भइरहेको छ । त्यहाँ जुम्लामार्सी धानको उत्पादन गरिन्छ । जसमा हेर्ने हो भने उच्च पहाडी भेकदेखि तराईको समथर मैदानी भेकमा धान उत्पादन हुने प्रसस्त जमीन भए पनि नेपाल धान उत्पादन गर्ने देशहरूको क्रममा निकै तल नै पर्दछ ।
सिँचाइ सुविधा नभएर बाँझै राख्नुपर्ने स्थिति छ । बाँकी खेत आकाशे वर्षामा भरपर्नुपर्छ । शून्य दशमलव ९२ प्रतिशतका दरले वर्षेनी बढिरहेको जनसंख्यालाई भरणपोषण गर्न कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनलाई बृहत् रूपमा हेर्ने हो भने सबैभन्दा बढी योगदान खाद्यान्न बालीमा धानको २० प्रतिशत रहेको अनुमान छ ।
मुलुकको अधिकांश क्षेत्र पहाडी भू-भागको रूपमा रहेको नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टरमध्ये केबल २१ प्रतिशत भू–भाग अर्थात् ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य र छ हजारभन्दा बढी नदीनालाहरू यस देश भएर बग्दछन् । त्यस्तैगरी देशमा खेतीयोग्य भूमिको आर्थिक वर्ष ०७७/७८ सम्ममा ४८ दशमलव ६४ प्रतिशत अर्थात् १५ लाख तीन हजार ३६७ हेक्टर भूमि सिञ्चित रहेको अनुमान गरिएको छ । यसरी अधिकांश खेती गरिने क्षेत्रफलबाट अतिरिक्त उत्पादन नभै प्रतिइकाइ उत्पादन स्थिरतामै रहनु निश्चय पनि सोचनीय कुरो हो । यसको प्रमुख कारण कहिलेकाहीँ मौसमको प्रतिकूलताले बढी ह्रास हुने गर्दछ । तर, सिँचाइ सुविधा नभएर बाँझै राख्नुपर्ने स्थिति छ । बाँकी खेत आकाशे वर्षामा भरपर्नुपर्छ । जबकि शून्य दशमलव ९२ प्रतिशतका दरले वर्षेनी बढिरहेको जनसंख्यालाई भरणपोषण गर्न कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनलाई बृहत् रूपमा हेर्ने हो भने सबैभन्दा बढी योगदान खाद्यान्न बालीमा धानको २० प्रतिशत रहेको अनुमान छ । यसको साथसाथै देशको केही भागमा मात्र बाहृमासे सिँचाइ छ भने अधिकांशमा मौसमी सिँचाइमात्र छ केही दशकअघिसम्म धान निर्यात गर्ने नेपालले अहिले आफैंलाई नपुग्ने उत्पादन स्थिति विद्यमान रहेको छ । जसले गर्दा अर्बौं रुपैयाँबराबरको चामललगायत अन्य खाद्यान्न आयात गर्नु पर्ने स्थिति रहेको छ ।
देशको ६५ दशमलव ६ प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेशामा लाग्नु, राष्ट्रिय आयको ४० प्रतिशत अंश कृषि क्षेत्रबाट प्राप्त हुनु, विदेश व्यापारको ८० प्रतिशत अंश कृषि क्षेत्रले ओगट्नु र ८६ प्रतिशत जनसंख्याले ग्रामीण जीवन बिताउनुले नेपालको अर्थव्यवस्था भनेको पनि कृषि नै हो भन्ने पनि संकेत गर्दछ । यसको साथसाथै प्रतिव्यक्ति प्रतिवर्ष सरदर आय केबल ९११ अमेरिकी डलर र २१ प्रतिशत भन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको दृश्यले नेपालको अर्थव्यवस्था र कृषिको पछौटेपनको बोध स्वतः स्पष्ट हुन जान्छ । देशमा पछिल्ला वर्षमा धानको उत्पादन घट्दै गए पनि उत्पादकत्वमा भने वृद्धि भएको छ ।
समग्रमा भन्नुपर्दा चालु आर्थिक वर्षको कुल कृषि उत्पादनको परिणाममा खाद्यान्न बालीको अंश ४५ दशमलव २ प्रतिशत रहेको अनुमान छ । त्यसैगरी प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान बालीको क्षेत्रफल आर्थिक वर्ष यसैगरी आर्थिक वर्ष २०७८/७९ मा २०७७/७८ भन्दा पाँच लाख मेट्रिक टन कमको धान उत्पादन भएको छ । यद्यपि २०७८/७९ मा मौसम अनुकूल हुँदा पनि आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादन घटेको छ । यसरी आर्थिक वर्ष २०७८/७९ मा ५१ लाख ३० हजार मे.टनमात्र उत्पादन भएको देखिन्छ । यसै क्रममा हेर्ने हो भने २०७७/७८ भन्दा २०७८/७९ मा चार लाख ९१ हजार मे.टन कम धान उत्पादन भएको देखिन्छ । यसलाई ससर्ति हेर्ने हो भने विगत पाँच वर्षमा अर्थात् २०७४/७५ देखि २०७८/७९ सम्ममा भएको धानको उत्पादन तुलनात्मक रूपमा २०७८/७९ सम्मको न्यून उत्पादन भएको जनाइएको छ । जुन धान थन्क्याउने समयमा २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको आँधीबेरी हावाहुरीसहितको अप्रत्यशित वर्षाले धानमा क्षति पुगेकाले २०७८/७९ मा धान उत्पादन घट्न गएको थियो । यसरी देशमा धानखेती ७७ जिल्लामध्ये ७५ जिल्लामा मनाङ र मुस्ताङबाहेक धानखेती हुने गर्छ । धान समुद्र सतहभन्दा ६० मिटर झापाको कचनाकवल माथिदेखि तीन हजार ५० मिटरसम्मको जुम्लाको हुमचौरसम्म धानखेती हुने गरेको छ । जुन धानखेती उच्च पहाडमा पाँच प्रतिशत, मध्यपहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशतको क्षेत्रमा हुन्छ । यसको साथसाथै उन्नत तथा हाइब्रिड जातको बीउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि औसतको तुलनामा लामो मनसुन अवधि, रासायनिक मलको सहज उपलब्धता तथा सिँचाइ प्रविधिमा आएको सुधारजस्ता कारणले धानबालीको उत्पादकत्व हालसम्मकै उच्च रहेको छ । अतः देशमा कुल गार्हस्थ उत्पादनमा धानको मात्रै २० प्रतिशत योगदना रहेको छ । देशमा सबैभन्दा धेरै धान उत्पादन झापामा भएको पाइन्छ ।
यसरी हाम्रो देशको पहाडी २२ जिल्लाहरूमा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको छ । त्यसरी नै तराईलाई देशको अन्न भण्डारको रूपमा रहनुको साथसाथै झापाको यही उत्पादन क्षमतालाई दृष्टिगत गरेर सरकारले झापालाई धान उत्पादनको सुपरजोन घोषणा गरेको छ । यो घोषणाले झापामा अत्यधिक धान उत्पादन गरेर यसको लक्ष्य हासिल गर्न सकेमा मात्र यो सार्थक भएको मानिनेछ । यसर्थ झापामा पनि अरू क्षेत्रजस्तै तीव्र गतिमा धानसमेतका खेतीयोग्य जमीन मासिने क्रम जारी भएको अवस्था छ । यसरी किसानहरू खेतीबाट पलायन भएर जानेक्रम बढिरहेको छ । जसले गर्दा देशले वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयत गर्दै आएको छ । यसले गर्दा युवाहरू खेतीबाट पलायन भइरहेको अवस्था छ । यी सबैमा सम्बन्धित निकायको गम्भीर ध्यान गएको जस्तो लाग्दैन । यस अर्थमा सरकारले बनाउने योजना वा कार्यक्रम जाँचिने टेबल होइन, फिल्ड हो । यसको लागि कुरा, भाषण र निर्णय होइन, परिणाम हो । नेपालमा लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्दछ । नेपाललाई यति धेरै धानको जरुरी नपर्ने हो । तर धेरै नेपालीहरू भात नै खान रुचाउने भएकाले पनि चामलको माग धेरै भएको हो । अतः धानको चामलभन्दा कोदो, फापर, गहुँ, जौ आदिमा पौष्टिक तत्व धेरै भए पनि परम्परागत खाद्य बानीले गर्दा धान वा मकैको भात खाने नै बढी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच