![श्रुतिपरम्पराका सूक्ष्मतम पक्ष](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Dr.-Narayan-Prasad-Niraula-Hita-Article.jpg)
✍️ कलानिधि दाहाल
बल्ल मैले चाहेको, मनदेखि नै खोजेको वासस्थान पुग्न लागेको सङ्केतमा बाहिर फलामे हत्कडी लगाएर सच्चा अपराधीसँग हातमा हात बन्धितजस्तो देखिए पनि, अनुहारमा निरीहताको झलकजस्तो अनुभूत भए पनि हृदयात्मक चरम सन्तुष्टिको उचाइमा प्रफुल्ल बन्नु पनि समयले दिएको उपहार नै थियो यो । समयलाई बुझ्न नसक्ने, जीवनलाई प्रयोगमा ल्याउन नसक्ने लठैतहरू नै दुनियाँमा अपराध गर्ने माहिर हस्ती हुँदारहेछन् । यस अनुभवको सच्चाइ पनि यसै प्रयोगबाट प्राप्त गरिरहेको थिएँ म । जो ठगका ठेकेदार थिए, हुँदै हुन् उनीहरू यस समयको सङ्केत अगाडि नै या त बन्द कोठाभित्र ढाँटका पगरी गुतेर बसे या त कतै विदेशको यात्रा गरेझैँ अपराधका अनुहारमा असहज जिन्दगी हल्लिदै रहे ।
वस्तुतालाई विश्व ठान्ने, सम्पन्नतालाई जीवन मान्ने, जीवनको दृश्यपक्षलाई नै सर्वस्वको स्वरूप जान्नेहरू यस विषयका मानवीय संवेदना सहज सञ्चरणका तगाराहरू हुन् । पुलिस कस्टडी त विद्यार्थी बेलादेखि नै भोगिएका, बुझिएका, व्यक्त गर्न सकिएका सन्दर्भहरू थिए । जुन विन्दुमा म त्यस बेलाको अहिले उभिएको छु, हिँड्नलागिरहेको छु, यो मेरा लागि मनदेखि चाहेको तर चाहेर पनि नपाएको र असम्भव लाग्ने समय विन्दु सम्भव भएको अनि प्राप्त भएको प्रहर जीवन सार्थकको अनुहार भएर उभिएको छ ।
सुरक्षाकर्मीको भ्यान लचकदार भएर सामु उभियो । म दृश्य निरीहता र अदृश्यमा साँच्चै गौरवमय हर्षका साथ विस्तारै पाउ पदार्पित भएँ भ्यानभित्र एउटा नितान्त चाहेको तर हत्तपत्त खोजेर कसैले नपाउने र नपाएको जीवनयात्रा जेलतिर । यहाँनिर म ती स्वनामधन्य न्यायाधीशलाई हृदयतः सलाम पनि गर्दछु ।
अदालती नौसिङ्गे, न्याय र विवेकशून्य तर काला अक्षरचाहिँ राम्ररी देख्ने एवं भुसचामल एउटै ठान्ने मनोदारिद्र्यका ढिस्का न्यायाधीशका शब्दप्रहार यसर्थ भन्छु मजस्ता सच्चा निरपराध व्यक्तिले दृश्यप्रमाणको चासो कहिल्यै गर्दैन, जुटाउने प्रयास पनि उसको सोचभन्दा परको विषय हो । यहीँनेर म विश्वका एकाध अपवादका निर्णयबाहेकका लाई विवेकशून्य फैसलाका दस्तावेजभन्दा बढी केही र कत्ति पनि फरक ठान्दिन ।
सुरक्षाकर्मीको भ्यान लचकदार भएर सामु उभियो । म दृश्य निरीहता र अदृश्यमा साँच्चै गौरवमय हर्षका साथ विस्तारै पाउ पदार्पित भएँ भ्यानभित्र एउटा नितान्त चाहेको तर हत्तपत्त खोजेर कसैले नपाउने र नपाएको जीवनयात्रा जेलतिर । यहाँनिर म ती स्वनामधन्य न्यायाधीशलाई हृदयतः सलाम पनि गर्दछु । कारण, मनोरेसालाई केलाएर उद्घाटन अगाडि नै भत्केको पुलमा इञ्जिनियर वा ठेकेदार दोषी नभई नदी उन्मादको दोषलाई दण्डित गर्न सक्षम न्यायाधीश यस परिवेशमा जन्मेको भए म यस परिवेशबाट निश्चित बञ्चित हुने थिएँ ।
सडक दुर्घटनामा परी मान्छे मरेको बेला यस क्षेत्रको जस्तो सिधा बस, ट्याम्पो, ट्याक्सी, कार चालकलाई दण्डित गर्ने दृश्य न्याय वा प्रमाणका ठेकेदार नभई सयौँ वर्ष अगाडि निर्मित सडकका निर्देशक इञ्जिनियरलाई दण्डित गर्न सक्ने क्षमतावान, अन्तर मनोविश्लेषक विवेकशील न्यायपुत्र यस भूगोलले जन्माउन सकेको भए पनि म यस चाहनाको स्वर्णिम अवसरबाट चाहेर पनि बञ्चित हुने थिएँ ।
मान्छेको एउटा आग्रही सोचाइ छ । शरीर सुखका भोगाइहरू जसरी परम्पराले भोगाएको छ, यात्राहरू जसरी विगतले गराएको छ, मान्यताहरू जसरी पुर्खाका अन्ध आँखाबाट निर्मित भएर स्थापित हुँदै आएका छन्, तिनबाट किञ्चित मात्र फरक सोच जन्मेमा, अलग अनुभवका सन्दर्भहरू आएमा, भिन्न बाटामा पाउ चल्नुपरेमा दुर्भाग्य दुःखद् दुर्दशा दुर्घटना ठान्ने संस्कार यति गाढा भएको छ अर्को पनि संस्कारको दुनियाँ छ भन्ने स्वीकार गर्न हिच्किचाइरहन्छ मान्छे । चाहँदै चाहन्न ऊ । चाहने वैकल्पिक विचारभन्दा धेरै टाढा पुगेको छ यो भूभागजस्तै तेस्रो विश्व भूभागको मान्छे ।
मलाई यी मूल्य बढाबढ वा घटाघटसँग कुनै चासो रहेन । जहाँ चलान त्यहीँ ठीक । जीवनलाई प्रयोगका घेरामा सजाएपछि वा छाडेपछि सामु सीमा कहाँ खडा हुन्छ र ? साँधले पाइतालाका गतिमा ठेस कहाँ लगाउँछ र ? जता गए पनि नयाँ अनुभवको विस्तार ।
यस अर्थमा नै हरेक मान्छेका जीवन, पदीय जीवन, सामाजिक जीवन जलगैँडाजस्ता बनेका छन् । नदी वा समुद्र, खोला वा दहमा जन्म्यो, जन्मायो । हुक्र्यो, हुर्कायो । बस्यो, बसायो । टाढाको यात्रा भनेको जलबाट निस्केर हिँडेको दुई पाइले जमिन । अलिकति परको जङ्गल । एकैखाले सामान्य सधैँ सामु देखिने जीवन जनावरहरू । उही मन । उही तन । तिनै दृश्य । तिनै तारतम्य । त्यही मोटोपन । त्यही भौतिक पेयको अथाह राशि । यसै सिकोको संसार सञ्चित भएर नै हरेक सत्ताका पदहरू जमिनका जलगैँडा बनेका छन् ।
पियनदेखि न्यायाधीशसम्म, कर्मचारीदेखि कार्यकर्तासम्म, मुखियादेखि सचिवसम्म, प्रहरीदेखि एस्पी डिएस्पीसम्म, सेनाका सुरुदेखि लप्टन कप्तानसम्म, नेतादेखि मन्त्री राजा राष्ट्रपतिसम्म यसै जलगैँडाका अनुहारमा गाडीबाट ओर्लदा पिरुका चाहिने अक्षम्य अपराधका अनुहार भएका छन् । बाङ्गो रूखलाई बाङ्गो नै भन्ने र नाङ्गो मान्छेलाई कपडा लगाइदिने मान्छेचाहिँ यिनीहरूका आँखाको अपराधी ठहर्छ, स्वाभाविक पनि हो । चोरले साधुलाई सही ठान्ने हो भने त चोर चोर नै हुन्नथ्यो ।
अनाम नगरको यस जलथगैँडे दहबाट भद्रगोलसम्मको साइत गर्नु अघिका दृश्य, व्यवहार, मोलतोल, विचौलियाको खेती अझ सौन्दर्यका बाला बनेर झुलेका छन् । प्रज्ञाका कथित प्राज्ञमा राजनीतिक विचौलियाका काला अविरका ढोकाले स्वागतको रङ् घोलेझैँ । कुन् जेल कति सुविधाजनक, कुन् जेल कति दुखद् उनीहरूका विश्लेषणले मूल्याङ्कन गरेर मूल्य तोकिएको छ नख्खु, केन्द्रीय, डिल्लीबजार आदि आदि । यतातिर यसमा जाऊ । नतिरे तोकेकोमा जाऊ ।
मलाई यी मूल्य बढाबढ वा घटाघटसँग कुनै चासो रहेन । जहाँ चलान त्यहीँ ठीक । जीवनलाई प्रयोगका घेरामा सजाएपछि वा छाडेपछि सामु सीमा कहाँ खडा हुन्छ र ? साँधले पाइतालाका गतिमा ठेस कहाँ लगाउँछ र ? जता गए पनि नयाँ अनुभवको विस्तार । पैसाका मूल्यमा जति सरिक हुन्छौँ हामी त्यति नै जीवन मूल्यको शून्यताको तल्लो तहमा ओर्लन्छौँ, मान्छेबाट बञ्चित हुन्छौँ र एउटा बुख्याँचाको स्वरूपमा उभिन्छौँ । राज्यव्यवस्थालाई महान ठान्नेहरू यही बुख्याँचाका प्रतिरूपहरू हुन् ।
जीवनहीन जीवनका स्वरूप । न जीवन जन्म्यो यिनीहरूमा, न जन्मन्छ, न जन्मने नै छ । यिनीहरूका जीवन चाहे भेलमा हुन् चाहे जेलमा । चाहे सत्तामा हुन् चाहे भत्तामा । चाहे आसनमा हुन् चाहे शासनमा जम्मै बुख्याँचाका प्रतिरूप र जलगैँडाका सुरसा मुख । यो नयाँ अनुभव तिनलाई यस अर्थमा हुँदैन र उनीहरू नयाँको आगमनसङ्केत आभासित हुनासाथ तर्सन्छन् । या त प्रमाण बटुलेर मन जलाउँदै निर्लज्ज, निष्काम, निर्जीव शरीर बाँच्छन् या त सुसाइड वा आत्महत्यामा रमाउँछन्, सकिन्छन् ।
म यिनै अनुभवको सजीव मूर्ति बनेर उभिएको छु । भेल यस देशको मानवीय अस्तित्व बगाउने जम्मै कुनै यो, ऊ भनेर छान्नु नै पर्दैन सहकारीहरू हुन् । चोरले कहिल्यै कन्तुरमा लगाउन साँचो दिदैन । भ्रष्टका संवाहक राज्यसञ्चालकले प्रशंसा गरेको मात्र होइन देशविकासका लागि तीनचम्का मध्ये एक ठानेको यो क्षेत्र कुनै हालतमा कहिल्यै पनि सङ्लो भित्री सतहका चिल्ला ढुङ्गा देखिने पारदर्शक नभएर मानवता बगाउँदै अपराधीको, ठगहरूको, छलीहरूको भयङ्कर भेल थियो, छ र रहिरहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच