ओझेलमा परेको नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-९ मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल नदै गुफालाई पालिकाले अब पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।

ऐतिहासिक स्थल नदै गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी विश्वसम्म प्रचारप्रसार गर्नका लागि नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि संघीय सरकारबाट प्राप्त सर्शत अनुदानबाट रु ९० लाख बजेट विनियोजन भएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो ।

सरकारबाट यो वर्ष बजेट व्यवस्थापन भएको छ । नदै गुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण,धर्मशालालगायतका भौतिक संरचना निर्माणका लागि सो बजेट खर्चहुने वडाध्यक्ष रावतको भनाइ छ । गुफासम्म सडक संञ्जाल जोड्का लागि समेत बजेट संघीय सरकारबाट व्यस्थापन भएको छ । वडाध्यक्ष रावतले भन्नुभयो,“अलपत्रमा रहेको नदै गुफालाई संरक्षण र पर्यटन विकासका लागि टेवा पुग्ने छ । दुई सय मिटर लामो धार्मिक गुफा रहेको छ । परम्परागत रुपमा गाईको दुधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने विशेषता रहेको वडाध्यक्ष रावतको भनाई छ । ”

उक्त गुफा ऐतिहासिक रुपमा महत्वराखे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो सो वडाका स्थानीयवासीको छ । ऐतिहासिक नदै गुफालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने पालिका लागि परेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

गुफाको विस्तुत अध्ययन अवलोकन र थप अनुसन्धान गर्न पालिका लागि पर्ने तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढपाले बताउनुभयो ।

नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचार र संरक्षणमा पालिकाले विशेष प्रथामिकतामा राखेर नीति ल्याएको तिला गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?