राष्ट्रियसभा चुनावमा सिट बाँडफाँटबारे बालुवाटारमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनमा सहभागी दलहरुबीच छलफल जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बसेको हो ।

यो बैठकबाट दलले कति सिट पाउने भन्ने टुङ्गो लाग्ने बताइएको छ ।

बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र केही लचक देखिएका भएपनि विशेषतः सत्तारुढ घटक एकीकृत समाजवादीले एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा सिट दिन नसकिने बताएको थियाे ।  आजै बसेको एकीकृत समाजवादीको बैठकले प्रतिपक्ष एमालेलाई सिट दिन नहुने निष्कर्ष समते निकालेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?