कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारको ध्यान जानुपर्ने : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै असार १५ को दिनलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको प्रतिकका रुपमा मनाउँने गरिएको बताउनुभएको छ ।

सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको २० वर्ष पुगिरहँदा नेपाली कृषकहरुले यसलाई एउटा उत्सवकै रुपमा लिने प्रमुख शर्माको भनाई छ । कृषि प्रधान देश नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु सबैको लागि चिन्ताको विषय भएको शर्माको भनाई छ ।

प्रमुख शर्माले भन्नुभएको छ, 'आज यो दिवस मनाइरँदा हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउन देशका तीनै तहका सरकारको उत्तिकै ध्यान जानु आवश्यक छ ।’

प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्बन्धित सबैको ध्यान जाओस् र हाम्रो देश यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?