![यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/rekha-sharma.jpg)
कालीकोट । “जलवायु मैत्री कृषि, उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ कालीकोटमा पनि यस वर्ष २१औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय कालीकोट र सरल जनजागरण कृषि सहकारी संस्था खाँडाचक्र नगरपालिका–३ ताडीको संयुक्त आयोजना तथा इको हिमालको सहजिकरणमा खाँडाचक्र–३ ताडीमा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।
प्रत्येक वर्ष असार १५ लाई कृषकहरुको विशेष पर्वका रुपमा लिइने यो दिनलाई मानु फालेर मुरी उब्जाउने दिनका रुपमा लिइन्छ । वर्षभरि एकपटक किसानले खेतमा लगाएको धानले वर्षभरी परिवारलाई खान पुगोस् भन्दै असार १५ लाई नै दहीँ चिउरा खाने र धान दिवसका रुपमा मनाउने गरिन्छ ।
कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर देशभरका किसानहरुले हर्षोउल्लासका साथ मनाएका छन् ।
यस्तै जिलाको खाँडाचक्र नगरपालिका ताडीमा मनाइएको धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीतबहादुर शाहीले नेपाल कृषि प्रधान देश भयता पनि सरकारले कृषकका समस्या समाधान गर्न नसक्दा उत्पादकत्वमा वृद्धि हुन नसकेको बताउनुभयो ।
पहाडी जिल्लामा भूगोल र समयमै वर्षा नहुँदा किसानहरु मारमा पर्ने गरेको बताउँदै उहाँले देश कृर्षिमा आत्मनिर्भर बनाउन सरकारले पनि यसको उचित ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
नेपालमा धान उत्पादनमा नभई व्यवस्थापनको मुख्य समस्या रहेको कृषि विकास कार्यलय कालीकोटका प्रमुख भरत बस्नेतले बताउनुभयो । नेपालीलाई चाहिने जति धान नेपालमै उत्पादन हुन्छ तर स्वाद अनुसारको धान उत्पादन नभएका कारण परनिर्भर हुन परेको हो उहाँले भन्नुभयो । किसानलाई खेतीप्रति हौसाला दिन र सम्मान गर्न यो दिवस मनाइने गरेको उहाँले जानकारी दिनुभयो ।
कालीकोटमा मनाइएको धान दिवसमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारले धान रोपेर यो दिवसलाई मनाएका छन् । रोपाइँका सहभागी सबैले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सबैले साझा प्रयास र प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच