इलाम । प्रायः पुरुषहरुले मात्र जनै बनाउदै आएपनि इलाममा भने महिलालाई पनि यस तर्फ आकर्षक गराउन तालिम दिईएको छ । बजारको प्रशस्तै सम्भावना देखेपछि महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले इलाम नगरपालिकाले तालिम दिएको हो । इलाम नगरपालिकाका एकल महिलाहरूलाई नगरपालिकाले दुई दिने तालिमको आयोजना गरेर जनै बनाउन तालिम दिईरहेको हो । बुधबार बाट सुरु भएको तालिम शुक्रबार सम्म चल्ने छ ।
नेपालमा विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने भएकाले स्वदेशमै बनाउदा रोजगारी साथै आम्दानी हुने भएकाले तालिममा सहभागी भएको तालीमका सहभागीहरुले बताएका छन ।
उता जनैको आयात रोक्ने र महिलालाई खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्धेश्यले तालिम संचालन गरेको इलाम नगरपालिकाकि उपप्रमुख बिष्णु दाहाल लिम्बुले बताउनुभयो । उप्रप्रमुख महिला सीप बिकास कोष मार्फत महिलाहरूलाई तालिमको आयोजना भएको समेत लिम्बुले जानकारी दिनुभयो ।
पहिलो चरणमा परम्परागत जनै बनाउने तालिम दिएको र अर्को चरणमा आधुनिक प्रविधिबाट जनै बनाउने तरिकासँगै प्रविधि भित्राउने नगरको योजना रहेको छ ।
पहिले जनै घरमै तयार पारिन्थ्यो । हाल घरमा जनै बाट्ने मानिस भेट्न मुस्किल छ । थोरै संख्यामा मात्र मानिसले जनै बनाउने गरेका छन् । पछिल्लो समय जनै बाट्ने प्रचलन हराउँदै गएको छ । घरमा जनै बनाउन छोडेपछि यन्त्रले बनाएको जनैको आयात विदेशबाट हुन थालेको थियो । नेपालमा चाहिने जति जनै यहीँ बन्न नसकेपछि विदेशबाट आयात हुने गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच