बाढि पहिरो पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको व्यवस्था गर्न सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढि पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले तीन वटै तहका सरकारले बाढीपहिरो पीडितहरुलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो । प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हालै ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरुप्रति समवेदन व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीन वटै तहका सरकारलाई शिघ्राधिशिघ्र उद्धार, उपचार, राहत र पुनर्निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक पाण्डेले पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?