प्रधानमन्त्री प्रचण्डद्वारा माओवादी केन्द्र पार्टीको वेबसाइट उद्घाटन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रको प्रचार विभागले सोमबार वेबसाइट सार्वजनिक गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।

वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालको सदुपयोग या दुरुपयोग हुन सक्ने बताउँदै हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउन सामाजिक सञ्जाल प्रयोग हुन सक्ने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय पहिचानलाई अझ सुदृढ गर्न र राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न सरकार गम्भीर रुपले लागिरहेको दाबी समेत गर्नुभयो ।

वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरूले बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ ।

पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ।

यसअघि माओवादीले गठन गरेको ‘आइसीटी फोरम’को नेतृत्वमा वेबसाइट निर्माणको काम भएको हो।

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?