
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा पुगेर २१औँ राष्ट्रिय धान दिवस मनाउनु भएको छ ।
“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागु गर्नका लागि रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उहाँको सचिवालयले जनाएको छ ।
रोल्पाका कृषकहरुसंग संगै खेतमा धान रोपाई गरि मुख्यमन्त्री महराले १५ असारलाई कृषिक्षेत्रको विशेष दिनका रुपमा मनाउनु भएको हो ।
‘जनआकांक्षा पुरा गर्ने हाम्रो सङ्कल्प : दिगो विकास र सुशासन मात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्नका लागि कृषकहरु संग हातेमालो गरेर सरकार अगाडि बढ्ने जमर्को गरेको मुख्यमन्त्री महराले बताउनु भएको छ ।
दिनभरी जसो स्थानीय कृषकसंग खेतमा रोपाई तथा खनजोत गरि मुख्यमन्त्री महराले राष्ट्रिय धान दिवसलाई मन्तव्य विहिन र भाषण विहिन बनाउनु भएको हो ।
उहाँले कृषिक्षेत्रलाई संस्थागत रुपमा अगाडि बढाउन नीतिगतरुपमा र व्यवहारमा कार्यन्वयन गर्न जरुरी भएकाले भाषण तथा बक्तव्यबाजी नगरि कार्यक्षेत्रमा खटिएर सवैले कामगर्नु पर्ने बताउनुभएको छ ।
धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र कृषिक्षेत्रको विस्तारमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिएको मुख्यमन्त्री महराको भनाई रहेको छ ।
जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत् धान बालीको उत्पादन बढाउने रणनीतिमा कृषकहरु लाग्नुपर्ने मुख्यमन्त्री महराले सुझाव दिनुभएको छ ।
धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापनमा सहयोग पुराउनमा सरकार र कृषकहरुले सहकार्य गर्नुपर्ने मुख्यमन्त्री महराको अभियान देखिन्छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा भएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, पूर्व अध्यक्ष गुणेन्द्र घर्ती र पूर्व उपाध्यक्ष बागमती क्षत्रीनी, वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्थानीय कृषकहरु र स्थानीयहरु सहभागी थिए ।
सहभागी सबैले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत् समृद्ध अर्थतन्त्र निर्माणमा हामी सबैको ठोस योगदान गर्नुपर्ने भन्दै खेतमा घनजोत तथा रोपाई गरेर कार्यक्रम समापन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच