काठमाडौं । गण्डकी र बागमती प्रदेश सहाना प्रधान स्मृति यू-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा गण्डकीले पुरुष तथा बागमतीले महिलातर्फको उपाधि जिते ।
पुरुषतर्फको उपाधि भिडन्तमा गण्डकीले लुम्बिनी प्रदेशविरुद्ध ३-१ सेटको जित निकाल्यो । गण्डकीले खेल २५-१५,२०-२५, २५-२०, २५-२० ले आफ्नो पक्षमा पार्यो । यसैगरी महिलातर्फ पनि बागमतीले लुम्बिनीविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । बागमतीले खेल २५-२१, २५-१६, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
पुरुषतर्फ बागमतीलाई हराउँदै सुदूरपश्चिम तथा महिलातर्फ कोशीलाई हराउँदै गण्डकीले तेस्रो स्थान हासिल गर्यो । दुवैतर्फका शीर्ष तीनले तीन लाख, दुई लाख र एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच