बैतडीको दोस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

बैतडी । वीरेन्द्र नाथ र गजेन्द्र बोहोराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी भएको छ । बैतडीले डडेल्धुरामाथि ५५ रनको जित हात पारेको हो । छनोट प्रतियोगितामा बैतडीको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा बैतडीले बझाङलाई ६ विकेटले हराएको थियो । बैतडीले दिएको १९० रनको लक्ष्य पछ्याएको डडेल्धुरा १५४ रनमा अलआउट भयो । उसका विशाल ऐरले ३६ र कृष्ण भट्टले ३२ रनको योगदान गर्नुभए पनि पनि हार भने टार्न सक्नुभएन । डडेल्धुराको पारि ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहोराले पाँच विकेट हात पार्नुभयो । बोहोराले आठ ओभरमा दुई मेडन राखेर २४ रन खर्चेर पाँच विकेट हात पार्नुभएको हो ।

यस्तै, वीरेन्द्र चन्दले दुई विकेट झार्नुभयो । त्यसअघि पहिला ब्याटिङ गरेको बैतडीले वीरेन्द्र नाथको उत्कृष्ट ब्याटिङमा एक सय ८९ रन बनायो । जसमा वीरेन्द्रले अर्धशतकीय पारि खेल्दै ६१ रन हिर्काउनुभयो । जसमा चार चौका र तीन छक्का सामेल थिए । यस्तै, दीपक बोहोराले ३१ र कप्तान वसन्त खत्रीले २४ रन जोड्नुभयो । डडेल्धुराका कृष्ण विष्टले चार, कैलाश ऐर र निर्मल रोक्काले दुई/दुई विकेट हात पार्नुभयो ।

प्रदेशस्तरीय छनोटमा यहाँका आठ जिल्लाका टोली सहभागी छन् । सहभागी टोलीहरूबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रधानमन्त्री कपका लागि छनोट हुुनेछन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौंमा हुँदैछ ।

यस्तै, प्रधानमन्त्री कप क्रिकेट छनोट खेलमा तनहुँले दोस्रो जित निकालेको छ । पोखरामा जारी छनोटअन्तर्गत भएको खेलमा तनहुँले स्याङ्जालाई पराजित गरेको हो । पहिलो खेलमा तनहुँले कास्कीमाथि विजय हासिल गरेको थियो । तनहुँले हालसम्म कास्कीलाई पराजित गर्न सकेको थिएन । पहिले ब्याटिङ गर्दै स्याङ्जाले १७५ रन बनाएको थियो । तनहुँका लागि सन्दीप पराजुलीले चार, विनय भण्डारी र प्रदीप अर्यालले दुई-दुई विकेट लिनुभयो ।

दोस्रो ब्याटिङ गरेको तनहुँले पाँच विकेट बाँकी रहँदै लक्ष्य भेट्याउँदै विजय हासिल गरेको तनहुँका कप्तान चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो । खेलमा तनहुँका समिर कँडेल ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?