जिल्ला ट्राफिक प्रहरी रोल्पाद्वारा ४४ लाख भन्दा बढी रकम राजस्व संकलन

हिमालय टाइम्स
Read Time = 3 mins

-एल बि मगर

रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले आर्थिक बर्ष २०८०/०८१ को पछिल्लो ११ महिनामा ४४ लाख भन्दा बढी रकम राजस्व संकलन गरेको बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी सहायक निरीक्षक नारायण भण्डारीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले २०८० सालको श्रावण महिना देखि २०८१ सालको जेठ महिना सम्म ट्राफिक नियम बिपरित चल्ने विभिन्न प्रकारका सवारी साधनहरु बाट जरिवाना बापत जम्मा ४४ लाख ५७ हजार ५०० सय रुपैया रकम राजस्व संकलन गरेको हाे ।

कार्यालय प्रमुख भण्डारीकाअनुसार आर्थिक बर्ष २०८०/०८१ को अन्तिम सम्ममा करिब ४७ लाख रुपैयाको हाराहारीमा राजस्व रकम संकलन हुन सक्ने बताउदै हाल सम्म संकलन भएको राजस्व रकम बिगत आर्थिक बर्षहरुको तुलनामा बढी रकम भएकोसमेत बताउनुभयाे ।

आफूले रोल्पाको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले संगै जिल्ला भरका सम्पुर्ण अस्थायी ट्राफिक पोस्ट र पोस्टहरुमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुस्त राख्नुका साथै जिल्लामा ट्राफिक नियम पालनालाई कार्यान्वयन गराउन कडाइको साथ अगाडि बढाएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयाे । बिगत बर्षहरुको तुलनामा यस बर्षको राजस्व संकलनमा वृद्धि भएको उहाँले बताउनुभयाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको मातहतमा जिल्लाका १२ स्थानमा अस्थायी ट्राफिक प्रहरी पोस्ट रहेको र जिल्ला भर जम्मा २१ जना ट्राफिक प्रहरी कर्मचारीहरु कार्यरत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?