![कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/congress-kendriya-karyasampadan-meeting.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरू भएको छ ।
प्रज्ञा प्रतिष्ठानमा पाँच दिनसम्म चल्ने महाधिवेशनले २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यस अघि एकीकृत समाजवादीले शक्ति प्रदर्शन गर्दै र्याली निकालेको थियो ।
र्यालीमा एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेतारकार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।
समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।
महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच