कैलाली । सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाइएको छ । मन्त्रालय फुटाएर बिना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् राखिएको छ ।भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताउनुभयो ।
त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।
मुख्यमन्त्री सोडारीले अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटले स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
मन्त्रालय फुटाएकोमा काँग्रेसको विरोध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै विरोध जनाएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार चार मन्त्रालय फुटाएर पाँच जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालय फुटाएर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेकोप्रती निन्दा गर्दै आपत्ति जनाएको छ ।
‘मन्त्रालय फुटाएर प्रदेश माथिको थप आर्थिक व्ययभार बढाउने निर्णयको नेपाली कांग्रस संसदीय दल घोर निन्दाका साथ आपत्ति प्रकट गर्दछ र तत्काल निर्णय सच्याउन प्रदेश सरकारलाई चेतावनी दिन्छ’, प्रमुख सचेतक बिक्रम धामीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच