निर्वाचित भएसंगै किसानको खेतमा मेयर र उपमेयर

Read Time = 3 mins

-प्रकाश न्यौपाने

नवलपरासी । नवलपरासी बर्दघाट नगरपालिकाका मेयर र उपमेयर निर्वाचित भएसंगै किसानको खेतमै पुगेका छन् । नगरका नवनिर्वाचित मेयर शम्भुलाल श्रेष्ठ र उपमेयर रुद्र प्रकाश उपाध्याय सहित प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य सहितको टोली किसानको खेतमा पुग्नुभएको हो ।

बर्दघाट नगरपालिकामा वडा नं १४ का विभिन्न कृर्षि पेशामा संलग्न कृषकको आवस्यकता पहिचान गर्न कृषिको खेतमा पुगेको मेयर शम्भुलाल श्रेष्ठले बताउनु भयो । खेत तथा गोठ मै पुग्दा किसानका पिडा बुझ्न सकिने र उनिहरुका आवस्यकता पहिचान गरी नगरले बजेट विनियोजन गर्दा वितरण मुखी भन्दा पनि उत्पादनमुखी बनाई कृषकलाई थप कृर्षि पेशामा संलग्न गराई नगरलाई आत्मनिर्भर बनाउने योजना रहेको मेयर शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

त्यस्तै कृषकका बालिलाई नगरले समन्वय गरी कृषकलाई निरन्तर कृर्षि पेशामै संलग्न गराउदै बजारको जिम्मा नगरले लिने योजना बनाउन लागेको बताउँदै कृषकको खेतमै बसेर बेच्ने बातावरण तयार गरी नविकेका कृर्षि जन्य पदार्थलाई दिर्घकालसम्म राख्न कच्चा पदार्थलाई बजारीकरणकालागि अत्यावश्यक उपकरण उपलब्ध गराउदै कृषकलाई कृर्षि पेशामै रमाउने बनाउन आफुहरु लाग्ने उपमेयर रुद्र प्रकाश उपाध्यायले बताउनु भयो ।

कृषि पेशामा संलग्न कृषकका यति बेला भण्डारण गरि राखिएका फर्सिले उचित मुल्य नपाउदाँ कुहिने भएको हुदाँ यसलाई चाडै नै व्यवस्थापनकालागि पहल गर्ने जानकारी बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेधनाथ पाध्याले बताए । टोलिले तरकारी खेती, मौरी फार्म, गाईफार्म, भैसी र्फाम लगायतको अनुगमन तथा निरीक्षण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?