मदनआश्रित स्मृति दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटनामा परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रूपमा पनि आजको दिनलाई लिइन्छ ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ संगठनहरूले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा कार्यक्रम गरी दिवगत नेताहरूको सम्झना गर्ने भएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल ३ जेठमा दासढुंगामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?