भोजपुर । राष्ट्रिय परिचय पत्रको लागि बिवरण संकलन गराउन भोजपुर सदरमुकाम पुग्नु पर्ने जिल्लाको उत्तरी क्षेत्रका नागरिकको समस्या समाधान भएको छ । सडकको पनि राम्रो पहुँच नहुँदा पनि बिवरण संकलनका लागि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक जिल्ला प्रशासन कार्यालय भोजपुर आउन बाध्य थिए ।
हरेक प्रकारका सरकारी सेवाका लागि राष्ट्रिय परिचय पत्र आवश्यकको निर्णय सरकारले गरेका कारण मारमा परेका दुई पालिकाका नागरिकहरुलाई अव भने राहत षडानन्द नगरपालिकाको केन्द्र दिङलामा रहेको इलाका प्रशासन कार्यालयबाट नै बिवरण संकलन हुने भए पछि राहत मिलेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतको सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसंगै इलाका प्रसासन कार्यालय दिङ्ला मार्फत परिचयपत्र बितरणको लागि स्टेशन थप गर्ने राष्ट्रिय परिचय पत्र बिभागमा माग गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । नगर प्रमुख उदासले भन्नुभयो, “हामीले इलाका प्रशासनबाट नै उत्तरी क्षेत्रका नागरिकका लागि परिचय पत्रको बिवरण संकलन गर्ने ब्यवस्थाका लागि परिचय पत्र बिभागका महानिर्देशकलाई भेटेर माग पेश गरेका थियौ ।”
माग अनुसार इलाका प्रशासन कार्यालयबाट नै बिवरण संकलन हुने गरी आवश्यक सामाग्रीहरु समेत प्राप्त भएको षडानन्द नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष दिपेश बिष्टले बताउनुभयो । परिचय पत्र बिभागले इलाका प्रशासनबाट बिवरण संकलनका लागि सामाग्री समेत उपलब्ध गराएको वडाध्यक्ष बिष्टले जानकारी दिनुभयो । “यो इलाका प्रसासन कार्यालय दिङ्लाबाट परिचय पत्रको बिवरण संकलन प्रक्रिया अगाडी बढेको छ ।” वडाध्यक्ष बिष्टले भन्नुभयो ।
बर्षाका कारण सडक समेत हिलाम्मे हुने हुदाँ जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई संखुवासभा, धनुकटा हुदै भोजपुर आउनु पर्ने बाध्यता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच