मेस्सीलाई ‘बीबीसी स्पोर्ट स्टार अफ द इयर’ को अवार्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीलाई बीबीसीले यो वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेस्सीलाई सम्मानित गर्ने भएको हो ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए ।

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट-जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए ।

अघिल्लो वर्ष आयरल्याण्डकी घोडचढी खेलाडी रचेल ब्ल्याकमोरले यो अवार्ड जितेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?