आधुनिकीकरणका कारण हाम्रो देह रोगको घर भएको छ । पहिला पहिला किसानहरू निरोगी हुन्थे । अचेल हलो जोत्नु पर्दैन, दाइँ हाल्नु पर्दैन, सबै ट्याक्टर र थ्रेसरले गरिदिन्छ । ट्याक्टरले जोत्दा किसान अल्छी भए । पहिलो हलोले जोत्नु पर्दा गाई गोरुहरू पाल्थे, घरमै मल हुन्थ्यो, रासायनिक मल खेतमा हाल्न पर्दैन्थ्यो, कीटनाशक औषधिरहितको अन्न हुन्थ्यो, खेतलाई मलिलो पार्ने गँड्यौलाहरू मर्दैनथे । अचेल ट्याक्टर र विषादीको प्रयोगले गँड्यौलाहरू खेतबारीबाट हराउँदै गए र खेतबारीको मलिलोपन समाप्त भएर गयो । पहिला हाम्रा आमाहरूले तरकारी पकाउँदा काँस वा पित्तलका भाँडाहरूमा पकाउनुहुन्थ्यो, तरकारी फलामको कराहीमा पाक्थ्यो, दूध फलामको कराहीमा तताइन्थ्यो जसले गर्दा देहले फलामको मात्रा प्रचुर मात्रामा पाउँथ्यो, अहिले ती सबैको ठाउँमा कुकर र स्टिलका भाँडाले लिएका छन् जो स्वास्थ्यका लागि ठीक होइन ।
पहिला पहिला आमाहरूले काँसको कसौंडीमा छोपेर दाल पकाउनुहुन्थ्यो, दाल पाक्दा सेतो फिँजमाथि आउँछ जो खानाले ग्यास्ट्रिकलगायत पेटको रोग हुन्छ । त्यसैले आमाहरू त्यो फिँज फालेर दाल पकाउनुहुन्थ्यो । अचेल कुकरमा दाल पकाउँदा फिँजसहित पकाइन्छ जसले पेटको रोग निम्त्याउँछ । ग्यास विषालु पदार्थ हो तर हामी ग्यासमै रोटी फुलाउँछौँ, सेक्छौँ । यसरी हामी रोटीसँगै विष पनि खाइरहेका हुन्छौँ । पहिला पहिला दाउरामा पकाउने खानाको स्वाद बिछट्टै मीठो हुन्थ्यो । पहिला सिलौटामा मसला पिसिन्थ्यो जसले तरकारीलाई स्वादिलो बनाउँथ्यो । अहिले मिक्सर वा मिलमा मसाला पिस्छौँ जसले मसलामा भएका तत्वहरू समाप्त प्रायः हुन्छ ।
केराको पातमा भोजन गर्नु भनेको चाँदीको भाँडामा भोजन गर्नुसरह हो जसले पुण्य तथा आरोग्यता प्राप्त हुन्छ । सुपारीका पातबाट बनेका दुनाटपरीमा खानु स्वास्थ्यका लागि लाभप्रद हो । यो पेटको रोगका लागि पनि लाभप्रद छ ।
यस्ता धेरै कुरा छन् । आधुनिकीकरणले गर्दा हामीलाई नानाथरिका रोग लाग्ने गर्छ । परिश्रमी मानिसलाई आधुनिकताले अल्छीमात्र बनाएन रोगीसमेत बनायो । ड्रग माफियाहरूको फाइदाका लागि आधुनिकतालाई प्राथमिकता दिएको कुरा अस्वीकार गर्न सक्दैनौं । पहिला नयाँ बेहुली लिएर आउँदा बाटामा जन्तीबाख्रो काटेर भोज खाने चलन थियो, अचेल हरायो, राति हुनुपर्ने विवाह अचेल दिउँसो हुनथाल्यो । जन्तीबाख्रो खाँदा दुनाटपरीमा खाइन्थ्यो । अब दुनाटपरी विवाह, व्रतबन्ध, श्राद्ध, पूजा आदिमा मात्र औपचारिकता पूरा गर्न गाँसिन्छ । अबका पिँढीले त दुनाटपरी गाँस्नै बिर्सिसके । हाम्रो पछिल्ला पिँढीका लागि यो इतिहास हुनेछ । आज पनि दक्षिण इण्डियामा विवाह आदि अनुष्ठानहरूमा लहरै भुँईमा बसालेर केराको पातमा भोजन दिने चलन छ । यो चलन पहिला बंगाली समाजमा भेटिन्थ्यो, अब हराउँदै गएको छ ।
केराको पातमा पोलिफेनोल्स पाइन्छ जो प्राकृतिक एन्टिअक्सिडेन्ट हो जसल शरीरमा भएको फ्रि रेडिकल्स र अरू रोगहरूबाट सुरक्षा प्रदान गर्नमा सहयोग गर्छ । यसमा भोजन गर्नाले भोजनको स्वाद बढ्छ । पर्यावरणीय हिसाबले यो फाइदाजनक छ । यसको वा अरू वृक्षको पात खेतबारीमा पुरेर राखे मल हुन्छ । केराको पातमा खाँदा पोषणशक्ति बढ्छ । केराको पातमा प्रचुर मात्रामा एपिगालोकेटचिन गलेट र इजिसिजीजस्तो पोलोकिनल्स पाइन्छ जसले त्वचालाई राम्रो र नरम राख्छ । यसमा आइरन र फोलेटको मात्रा धेरै हुने भएकोले केराको पातमा खाँदा एनिमियालाई नियन्त्रण गर्न सहयोग गर्छ ।
यसमा हुने पोलिफेनोल्सले क्यान्सर कोशिकाविरुद्ध काम गर्छ । केराको पातमा भोजन गर्नु भनेको चाँदीको भाँडामा भोजन गर्नुसरह हो जसले पुण्य तथा आरोग्यता प्राप्त हुन्छ । सुपारीका पातबाट बनेका दुनाटपरीमा खानु स्वास्थ्यका लागि लाभप्रद हो । यो पेटको रोगका लागि पनि लाभप्रद छ । पलाशको पातमा वा दुना टपरीमा भोजन गर्नु भनेको सुनको भाँडामा भोजन गर्नुसरह मानिन्छ । रक्त अशुद्धताबाट हुने रोगहरूका लागि पलाशको पात वा दुना टपरीमा भोजन गर्नु लाभप्रद हो । पाचनतन्त्रको रोगका लागि पनि यो उपयोगी हो ।
पलाशको वृक्षमा केतुको बास हुन्छ, केतु पितृहरूको कारक ग्रह हो । यस अलावा इण्डियामा कतैकतै कटहरको पातमा भोजनलाई बेरेर स्टिम गर्ने चलन छ जसले गर्दा क्यान्सरसहित हृदय रोगसम्बन्धी जोखिमलाई कम गर्छ । कटहरको पात वा दुनाटपरी विषहरण र मधुमेह नियन्त्रणमा उपयोगी छ । हाम्रो नेपाली समाजमा सालको पातका दुनाटपरी बनाउने चलन छ । पहिले पहिले यसमै खाने चलन थियो । अहिले हामीलाई आधुनिकताले गाँजेको छ । कान र छालाको रोगमा सालको चोप प्रयोग गरिन्छ । रक्त विकार, दाँतको रोग, छारे रोग आदि रोगहरूमा सालको फल लाभदायक हो । साल पनि औषधीय गुण भएको वृक्ष हो ।
यसको औषधीय गुणहर यसको पातमा पनि हुन्छ । चरक संहिता अनुसार पातको थालमा खाने अभ्यासले जुन स्पर्श अनुभूति गराउँछ, त्यसले मनमा सबै संवेगी अंगहरूलाई जगाउँछ । भोजन स्वस्थ्य र पुष्टिदायक हुन्छ तर खाना हातले खानुपर्र्छ । हिउँदमा सालका पातहरू भmरेर माटोमा मिलेर सडेपछि वर्षा ऋतुमा त्यसबाट डल्लो आकारको च्याउ बादल गर्जेपछि जमिनबाट बाहिर निस्कन्छ । हाम्रोतिर त्यसलाई फुट्की भनिन्छ जो अति नै स्वास्थ्यबद्र्धक हो । स्वाद खसीको कान भुटेर खाएजस्तो हुन्छ । हामीकहाँ यो ८०० देखि हजार रुपैयाँ प्रतिकिलोले बिक्री हुन्छ । औषधीय गुण भएको यो च्याउको माग धेरै छ ।
आयुर्वेद अनुसार साल वृक्षबाट धेरै रोगको उपचार गर्न सकिन्छ । जस्तै बात, पित्त र कफलाई नियन्त्रण गर्न, त्वचासम्बन्धी रोग, दुःखाइ कम गर्ने, घाउ ठीक पार्ने, श्वेत प्रदर रोग, गलगाँड, विषको असर, रगत मिश्रित बवासिर, पाण्डुरोग, खाँसी वा श्वाससम्बन्धी रोग, चिलाउने, पेटको जुका आदिका यसले फाइदा गर्छ । सालको वृक्षको प्रत्येक अंगमा रोगको औषधि छ भने पातमा कति औषधि होला । सालको पातको दुनाटपरीमा भोजन गर्दा हामी कैयौं रोगबाट बच्न सक्छौं । पात वा दुनाटपरीमा पितृलाई भोजन अर्पण गरे पितृले आशीर्वाद दिन्छन् र घरमा कहिल्यै धनको कमी हुुँदैन भन्ने प्राचीन समयमा मान्यता थियो । राम, सीता र लक्ष्मणले वनवासको दौरान पातमा भोजन गरेका थिए । महाभारतको युद्धमा दुवै पक्षका सेनाहरूलाई पातमा भोजन दिइन्थ्यो ।
देवी देउतालाई पात वा दुनाटपरीमा भोजन वा प्रसाद अर्पित गरे स्वीकार्य हुन्छ भन्ने मान्यता छ । पातमा खाँदा ग्रह स्थिति मजबुत हुन्छ । प्लास्टिक र थर्माकोलका भाँडाहरूमा भोजन गर्नु, चियापानी खानु स्वास्थ्यको लागि धेरै नै हानिकारक हो । प्लाष्टिक वा थर्मोकोलको भाँडामा खानु त केवल पर्यावरणीय दृष्टिले हानिकारक हो अपितु स्वास्थ्यका दृष्टिकोणले पनि । प्लास्टिकको भाँडामा विषालु रसायन मिसाइएको हुन्छ । हामी जति तातो खाना प्लास्टिकका भाडामा राख्छौं हाम्रो खाना त्यति नै बढी विषालु हुन्छ । किनकि तातोपनले केमिकललाई पगालेर खानामा मिसाउँछ । प्लाष्टिकका भाँडामा खानेकुरा राखेपछि यसमा एंडोक्रिन डिस्ट्रक्टिङ नामको विष घुलन हुन्छ ।
यसले हाम्रो हार्मोनलाई असन्तुलित बनाउँछ । लामो समयसम्म प्लास्टिकका भाँडामा खाना खाए क्यान्सर हुने सम्भावना बढी हुन्छ । हामी प्लास्टिकको बाल्टीमा पानी राख्छौं, प्लास्टिकको बोतल र जारमा राखेको पानी खान्छौं । जसले हाम्रो शरीरमा मन्द विष फैलाउँछ ।
प्लाष्टिकको बोेतल र जारमा केमिकल र ब्याक्टेरियाले भरिएको हुन्छ । प्लास्टिकका भाँडामा प्लास्टिक फ्लोराइड, आर्सेनिक र एल्मुनियमजस्ता पदार्थ पनि निस्किन्छन् जो मानव शरीरका लागि विषाक्त हुन्छन् । प्लास्टिकको बोतल तातेपछि यसबाट डाओक्सिन निस्कन्छ जसले ब्रेष्ट क्यान्सरको खतरा बढाउँछ । त्यस्तै बाइपिनाइल ए एक यस्तो रसायन हो जसले मधुमेह, प्रजनन् आदि समस्याहरू उत्पन्न गर्न सक्छ ।
प्लास्टिकमा हुने फैथलेटेस केमिकल हुने भएकोले लिभर क्यान्सरको सम्भावना र स्पर्म काउन्ट पनि घट्छ । प्लास्टिकका भाँडाको वा भाँडामा पानी खान्छौं भने हाम्रो रोगप्रतिरोधक क्षमता पनि घट्छ । प्लास्टिकको जार वा बोतलको पानीको सट्टा माटो, तामा वा सिसाका गिलास र भाँडाको पानी स्वास्थ्यका लागि लाभप्रद छ । प्रायः सबै पालिकाहरूमा खानेपानी समितिहरू छन् तर खानेपानी समितिहरूमा राजनीतीकरणको कारण भ्रष्टाचार व्याप्त छ । त्यसैले उसले वितरण गर्ने खानेपानी दुषित, टिडिएस र मिनरलको मात्रा न्यूनतम मापदण्डभन्दा कम भएको र पानी दुषित भएकोले जनताको देह रोगको आवास भएको छ । राज्यको ध्यान यसतर्फ जाँदैन । जिल्लाहरूमा जिल्लाका अधिपतिहरू पनि यसमा ध्यान दिँदैनन् । सरकारको अभिलेखमा यति प्रतिशत जनतालाई खानेपानी पुर्याएको भन्ने अभिलेख त छ तर कस्तो खानेपानी पुर्याएको त्यसको अभिलेख छैन ।
पालिकाहरूले वितरण गर्ने खानेपानी दूषित, टिडिएस र मिनरलको मात्रा न्यूनतम मापदण्डभन्दा कम भएको र पानी दूषित भएकोले जनताको देह रोगको आवास भएको छ । राज्यको ध्यान यसतर्फ जाँदैन । जिल्लाहरूमा जिल्लाका अधिपतिहरू पनि यसमा ध्यान दिँदैनन् ।
पहिला पहिला तराईका गाउँघरमा कुवाको पानी खाने चलन थियो । पछि गएर कल आयो । कुवा खनेपछि जामुनको काठ गोलो पारेर कुवाको तल्लो भागमा चारैतिर लगाइन्थ्यो त्यसपछि माथि सालको काठलाई । साल कति उपयोगी छ माथि लेखियो । जामुनले मधुमेहलाई नियन्त्रण गर्छ । जामुनमा आइरन, भिटामिन ए र सि, कैरोटिन लगायत अन्य पदार्थ हुन्छन् । यसको वृक्षले सल्फर अक्साइड र नाइट्रोजनजस्तो विषालु ग्यासलाई हावाबाट सोसेर उसलाई अक्सिजनमा रूपान्तरण गर्छ । यस अलावा कैयौं दूषित कणहरूलाई पनि जामुनले सोस्छ । एन्टिअक्सिेडेन्ट भएको कारण यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रक्तचापलाई नियन्त्रित गर्छ ।
यस कारण कुवाको पानी स्वच्छ तथा स्वास्थ्यबद्र्धक हुन्छ । हाम्रा पुर्खा अनपढ भए पनि दूरदर्शी र विद्वान थिए । अचेल मौसमविद्ले भविष्यवाणी गरेको मौसम विवरण गलत साबित हुन्छ तर हाम्रा पुर्खा अनपढ वा अशिक्षित भए तापनि उनीहरूले गरेको मौसमको भविष्यवाणी सही हुन्थ्यो । बर्दियाको तत्कालीन पदनहा गाविसको बैरिया भन्ने ठाउँमा करिब पन्ध्र बीस वर्षअगाडिसम्म एकजना थारू बुज्रुक थिए । हामी वा हामीभन्दा बुजु्रकहरूले अझै पनि उनलाई सम्झिरहेका छन् । उनी आफ्नो हत्केलाको दुबैपट्टि हेरेर पानी पर्ने नपर्ने बारे बताउँथे । उनको मौसमसम्बन्धी जानकारी सदैव साँचो हुन्थ्यो भनेर अझै पनि उनका गाउँका बुजु्रकहरू भन्ने गर्छन् ।
हाम्रा पुर्खाले आफूसँग भएको विद्या पछिल्लो पिँढीलाई सिकाएनन् र पछिल्ला पिँढीले पनि त्यसलाई सिक्न चासो न लिएकोले यो विद्या अचेल हराएर गएको छ । एकजना बुजु्रक थारूले कुराकानीको क्रममा भनेका थिए, फागुमा होलिका दहन गर्दा आकाशमा प्रत्येक प्रहरमा मेघ भए न भएको वा भए कति लामो धस्रो छ, हेरेर आउने वर्षामा कति पानी पर्छ, पानी पर्ने हो कि होइन वा कस्तो वृष्टि हुने हो भविष्यवाणी गर्ने चलन गाउँमा थियो । अहिले यो विद्या पनि लोप हुँदै गइरहेको छ । म बर्दियाको केही जंगल नजिकका मन्दिरहरूमा दर्शन गर्न जाँदा त्यहाँका पूजारीहरूले भन्ने गरेका छन् राति कहिले बाघ, कहिले चितुवा मन्दिरमा आएर परिक्रमा गरेर जान्छन् ।
ती पूजारी कतै खरको छानामात्र भएको र चारैतिर खुला भएको टहरोमा सुत्छन् तर बाघ वा चितुवाले तिनीहरूलाई केही गर्दैनन् । मैले एकजना थारू पूजारीलाई यसको कारण सोध्दा उनले सुत्नुअगाडि आफू सुत्ने ठाउँको चारैतिर मन्त्रले बाँधेर सुत्ने हुनाले बाघ र चितुवाले आक्रमण गर्ने नगरेको बताए । यस्ता विद्याहरू आज हामीबाट लोप हुँदै जाँदैछन् । हामीले आधुनिकताको चक्करमा हाम्रो सनातन धर्म संस्कृति, तन्त्रमन्त्र आदि विद्याहरू बिर्सेर गएका छौं । आधुनिकताकै कारणले हामी रोगी बन्दै गइरहेका छौं । फेरि हामी पश्चिमा रहनसहन, संस्कृति आदि त्यागेर हाम्रा पुरानै विरासतमा फर्कनुपर्छ । हामी पुराना दिनहरूमा फर्के धेरैले घरेलु उद्योग अन्तरगत रोजगार पनि पाउने थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच