![शिक्षकमा भएको ज्ञान विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ : अध्यक्ष ओली](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kp-oli-butwal-students.jpg)
खोटाङ । खोटाङमा कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । आगामी असार २० गतेदेखि असार २४ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित यलम्बर रंगशालामा प्रतियोगिता हुने भएको हो ।
सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास बोर्डको २० लाख सहयोग र जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा हुने प्रतियोगितामा प्रदेशभरीका १४ जिल्लाका महिला खेलाडीहरु सहभागी हुने जनाईएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफि प्रदान गरिने प्रतियोगिताको संयोजन गर्ने जिल्ला खेलकुद विकास समिति खोटाङले मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही दुई हजारसहित मेडल र प्रमाणपत्र दिईनेछ । प्रतियोगिताका लागि विभिन्न जिल्लाबाट आउने खेलाडीलाई आतेजातेको गाडी भाडा र खाना बस्नको व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई महेशले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न ४२ लाख लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता गराउन प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने हुनाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई आर्थिक सहयोग मागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगितामा खोटाङका महिला रेफ्रि शशि राईसहित १५ जना महिला रेफ्रि हुनेछन्। सबै प्रतियोगिता महिला रेफ्रिले गराउने जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताउनुभयो। प्रदेश स्तरीय फुटबल प्रतियोगिता जिल्लामा पहिलो पटक भएकाले सफल बनाउन सबै लागि पर्नुपर्ने जिल्ला फुटबल संघका अध्यक्ष राईको भनाई थियो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई पीकेले उदघाटन गर्नुहुने प्रतियोगिताको पहिलो खेल सोलुखुम्ब र ओखलढुंगाबिच हुनेछ। मध्य असारमा हुने प्रतियोगितालाई कतीपयले बजेट सक्ने मेलो भएको टिप्पणी गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच