![जोशीलाई ‘कौसी क्वीन’ उपाधि](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/pusraskar.jpg)
काठमाडौं । रुढी शर्माको नामलेसमेत चिनिने गायक हुनुहुन्छ रुद्र शेखर शर्मा । झापा जिल्लामा बुबा गंगाप्रसाद (जिपी) शर्मा र आमा भूमिका देवी उपाध्यायको सन्तानको रूपमा जन्मिनुभएका शर्मा सानै उमेरदेखि गीत गाउन र नाच्न खुब मन पराउँनुहुन्थ्यो । स्कुल पढ्दा पढ्दै उहाँ विभिन्न सांस्कृतिक क्रियकलापमा सहभागी हुने गर्नुहुन्थ्यो । बुबा काठमाडौमा बसाइँसराइ गरेपछि उहाँको गायक बन्ने सपनाले थप सार्थकता प्राप्त गर्यो ।
विषेशगरी नेपाली आधुनिक गीत, पप तथा गजल जनारामा गीत गाउन अब्वल गायकको रूपमा आफूलाई परिचित गराउन सफल गायक शर्माले राजधानी काठमाडौंमा आफ्नो पढाइका साथसाथै विभिन्न इन्टिच्युटमा औपचारिक रूपमा गायन क्लास लिनुभयो । विशेषगरी आधुनिक जनाराका गीतहरू गाउन मन पराउने शर्माले छोटो समयमै गायन क्षेत्रमा चिनाउन सफल बनाउनुभयो ।
विभिन्न फुटकर गीत गाउँदै नेपाली सांगीतिक बजारमा आफूलाई स्थापित गराउँदै आउनुभएका गायक शर्माले पहिलो एल्बम विसं २०७४ सालमा ‘रूपम’ एल्बम बजारमा ल्याउनुभएको थियो । पाँचवटा गीतहरू समाविष्ट उक्त एल्बमले त्यतिबेला नेपाली सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल भएको थियो । अझ सिधा भन्नुपर्दा उहाँलाई गायकको रूपमा चिनाउने पहिलो एल्बम नै ‘रूपम’ हो ।
पहिलोपटक ‘रूपम’ एल्बममार्फत नै उहाँले गीति एल्बममा डेब्यु गर्ने सुनौलो अवसरसमेत प्राप्त गर्नुभएको थियो । कोरोनाको माहामारीका बेला पनि डाक्टर तथा चिकित्सा क्षेत्रमा सक्रिय व्यक्तित्वलाई हौसला प्रदान गर्ने उद्देश्यले शर्माले ‘देवदूत हौ तिमी’ बोलको गीत बजारमा ल्याउनुभएको थियो भने अन्य गीत ‘माया मारी, मैले छेके दौरा र सुरुवाल, तिमी भन्छौ जुन राम्रो, दुख्दिन म, तड्पिएर बाँचु कती, शीतल ताप्नु, वर्षांै बित्यो, कहिले आँसुमा, र केही हिन्दी गीतहरू ‘दिल चल दिया, जिना अभि बाँकी हे’ लगायतले चर्चा कमाउनुभएको छ ।
रूपम एल्बममा रहेको त्यतिबेलाको सर्वाधिक चर्चामा रहेका गजल ‘दुख्दिन म’बाट गायक शर्माले राष्ट्रिय रापती म्युजिक अवार्ड-२०१८ मा सर्वोत्कृष्ट नवगायकको अवार्डसमेत जित्न सफल हुनुभएको थियो । उक्त गीतमा चर्चित गीतकार विपिन किरणको शब्द तथा नारायण सुवेदी (आभाष)को संगीत थियो । विशाल भण्डारीले उक्त गजलको भिडियोसमेत बनाउनुभएको थियो । गीतमा चर्चित अभिनेता आयुष रिजाल, अभिनेत्री अनु शाहको साथमा स्वयं गायक रुद्रशेखर शर्माले अभिनय गर्नुभएको थियो । हाइलाइटस् नेपालमार्फत बजारमा आएको उक्त गीतलाई पछि करार अवधि सकिएपछि हाइलाइटस् नेपालबाट निकालेर आफ्नै युट्युब च्यानल आएसएस प्रोडक्सनमार्फत पुनःदर्शक तथा श्रोताबीचमा ल्याउनुभएको छ ।
गायनका साथसाथै नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि उहाँले विभिन्न संघसंस्थामार्फत सामाजिक कार्य गर्दै नेपाली भाषा, गीतसंगीत तथा कलासंस्कृतिको जगेर्नाको निमित्ति देश-विदेशमा रहनुभएका कलाकारलाई एकत्रित गर्दै नेपाली कला-संस्कृतिलाई विश्वसामु चिनाउने गायक शर्माको प्रयास निरन्तर रहँदै आएको छ । पछिल्लो समय उहाँको अध्यक्षतामा अमेरिकामा आवाज इन्टरनेशनल नामको सामाजिक संस्थाको गठनसमेत भएको छ । उक्त संस्थामार्फत देश-विदेशमा रहेका कलाक्षेत्रमा आबद्ध मानिसहरूको हौशला वृृद्धि गर्न र नेपाली कला, संस्कृति, भाषा, साहित्यको विकासका लागि एकजुट हुन गायक शर्माले आहृवानसमेत गर्दै आइहरनुभएको छ ।
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन), राष्ट्रिय लोक संस्कृति संघ, नेपाल संगीत उद्योग संघलगायत विभिन्न संघसंस्थामा आबद्ध रहनु भएका उहाँ गायक रुद्रशेखर शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । उहाँलाई त्यस्ता संघसंस्थाले गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थागत तथा पेशागत सम्मानसमेत गरेका छन् ।
सबै प्रकारका गीत गाउन रुचाउने गायक शर्माले केही हिन्दी गीतहरूमा पनि स्वर दिनुभएको छ । चर्चित भारतीय गायक सोनु निगम र गायक शर्माको गीत ‘जिना अभी बाँकी हे’ निक्कै नै चर्चित गीत हो । भारतीय स्टार गायकसँग गाउने अफर आउनु पनि आफैंमा उहाँको पपुलारिटी नै हो । फरक-फरक देशको भाषा संस्कृति फरक भए पनि संगीतले संसारलाई एक घर बनाउने हो र यसले एकअर्कालाई चिनाउने र अझै आफ्नो संस्कृति फैलाउने बाटो फराकिलो बनाउने हो भन्ने धारण उहाँको छ । गायक शर्माले हिन्दी गीतका साथै केही अंग्रेजी गीतमा समेत स्वर दिनुभएको छ । उहाँले गाएको अंग्रेजी गीत ‘टेक मी ब्याक’लाई छिट्टै सार्वजानिक गरिने बताउनुहुन्छ ।
सन् २०२३ को उत्तरार्धमा बहुचर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा गजलकार गीता हुमागाईं सापकोटाको गजल ‘किन’लाई गायक शर्माले नेपाली गजल प्रेमी श्रोताका लागि विल्कुलै फरक प्रस्तुतिको गजल प्रस्तुत गर्नुभएको थियो । सोही गजलले सन् २०२४ को सुरुवाततिर पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजना गरेको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२४ मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड जित्न सफल भएको थियो । ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा शर्माले गजल विधामार्फत उक्त अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी गीतकार जिपी शर्माको शब्द रचनामा युवा पुस्ताका चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको गीत ‘के होला भोलि’ पनि उहाँको बजारमा आउन लागेको नयाँ गीत हो ।
लोक पप जनारामा तैयार भएको उक्त गीतलाई चर्चित गायिका बेनिषा पौडेलले गाउनुभएको छ । वरिष्ठ म्युजिक भिडियो निर्देशक शिव विकको निर्देशनमा भिडियोको छायांकन गरी गीतलाई चाँडै बजारमा ल्याउने तयारीमा रहेका गायक रुद्रशेखर शर्र्माले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच