![उथलपुथलको खाल्डोमा प्रधानमन्त्री प्रचण्ड](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Prime-Minister-Prachanda-Hita-fornt-page.jpg)
कैलाली । नेपाली कांग्रेस र नेकपा एमालेका बीच सरकार सञ्चालनका लागि केन्द्रमा भएको सहमतीपछि सुदूरपश्चिममा पनि दुबै दलका संसदीय दलका नेताबीच कन्चनपुरको महेन्द्रनगरमा छलफल भएको छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच सुदूर पश्चिम प्रदेश सरकार सञ्चालनका विषयमा छलफल भएको हो । छलफलमा नेपाली काँग्रेसका संसदीय दलका सदस्य तथा पूर्व भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश बहादुर देउवा समेत सहभागीता रहेको थियो ।
सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रकृया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसंग छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताउनुभयो । उहाँले छलफल अत्यन्त सौहाद्र्धपूर्ण र सकारात्मक भएको बताउनुभयो ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमती अनुसार प्रदेशमा पनि दुबै पार्टीको साझेदारीमा सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको बताउनुुभयो ।
उहाँले केन्द्रमा दुई दलका शिर्षनेताहरुबीच भएको सहमती अनुसार प्रदेशमा सरकार गठन प्रकृया शुरु गर्ने जानकारी दिनुभयो ।सुदूरपश्चिममा काङ्ग्रेससँग १८ र एमालेसँग ११ सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले मात्रै मिल्दा पनि यहाँ बहुमतको सरकार गठन हुन्छ ।
सुदूर पश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारले नेतृत्व गरिरहेको छ ।केन्द्रमा दुई दलबीच भएको सहमती अनुसार सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।
अहिलेको सरकारमा एमालेका पनि तीन मन्त्री सहभागी छन् । संघीय सरकारमा पनि एमालेको मन्त्री रहेको हुँदा केन्द्रमा फिर्ता भएसँगै यहाँ पनि फिर्ता हुने र त्यसपछि केन्द्रको सल्लाह अनुसार अगाडी बढ्ने एमालेको तयारी रहेको छ ।
![अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/hal-garu.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच