पदाधिकारी टुंगो लगाउन माओवादीको स्थायी समिति बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक आज (बिहीबार) बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको छ।

बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको टुंगो लगाउने छ। यसअघि बुधबार बसेको बैठकमा सांगठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने नेताहरूको विषयमा पनि छलफल भएको थियो।

उहाँका अनुसार करिब करिब नेताहरूको व्यवस्थापनको विषय टुंगोमा पुगिसकेको छ। माओवादीमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको दाबी छ। यी दुई नेतामध्ये कोही पनि पछि नहटे तेस्रो व्यक्तिलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी छ।

हालसम्म माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?