टोटनहमविरुद्ध सिटीको शानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई पराजित गरेको छ । शुक्रबार बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अंक जोडेको हो । म्यानचेस्टर सिटीको जितमा जुलियन अलभारेज, एर्लिङ हाल्यान्डले एकएक र रियाद महरेजले दुई गोल गरे ।

टोटेनहम तर्फबाट डेजन कुलासेभाकी र इमर्सन रोयलले गोल गरे । जितसँगै सिटीको १९ खेलमा ४२ अंक भएको छ । सिटी अंक तालिकाको दोस्रो स्थानमा छ ।

२० खेल खेलेको टोटेनहम ३३ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?