काबुल । अफगानिस्तानलाई सलह नियन्त्रणका लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले भारतलाई धन्यवाद दिएको छ । अफगानिस्तानमा सलहविरुद्धको संघर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् भारतको प्रशंसा गरेको हो । चालीस हजार लिटर मालाथिन किटनाशक आपूर्ति गरि आधिकारिक रूपमा तालिबान नियन्त्रित अफगानिस्तान सरकारको कृषि, सिचाइ र पशुधन मन्त्रालयलाई हस्तान्तरण गरिएको स्रोतले जनाएको छ ।
सुक्खा क्षेत्रहरूमा यसको प्रभावकारिता र न्यूनतम पानीको प्रयोगका लागि परिचित मालाथियनलाई सलह नियन्त्रणमा महत्वपूर्ण उपकरण मानिन्छ । यस सहायताले अफगानिस्तानमा तत्कालको खतरालाई सम्बोधनमात्र नगरी छिमेकी मध्य एसियाली देशहरूमा सलह फैलावट रोक्न पनि काम गर्नेछ । यसअघि तालिबान नियन्त्रित कृषि मन्त्रालयले पनि चाबहार बन्दरगाहमार्फत् गरिएको उक्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेको थियो ।
उपलब्ध सहायताले अफगानिस्तानमा सलह रोक्नदेखि लिएर विशेषगरी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानजस्ता मध्य एसियाली देशहरूबाट आएको सलहको समस्यालाई पनि रोकी यस क्षेत्रका बाली उत्पादनमा प्रभावकारी भूमिका खेल्नेछ ।
सलह वनस्पति-विनाश गर्ने क्षमताहरूका लागि परिचित मानिन्छन् । सलहको ठूलो मात्रामा उपस्थितिले सम्भावित रूपमा खाद्य सुरक्षालाई खतरामा पार्न सक्छ । सन् २०२० को सुरुमा छिमेकी पाकिस्तानमा सलहको अत्यधिक खतराको कारण देशले राष्ट्रिय आपत्काल घोषणा गरेको थियो ।
उक्त समयमा, भारतले पनि राजस्थान, गुजरात, पञ्जाब, मध्य प्रदेश, उत्तर प्रदेश र महाराष्ट्रजस्ता धेरै राज्यहरूमा ठूलो मात्रामा सलहको आक्रमणको सामना गरेको थियो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच