नबिललाई सिजी डिजिटल र एलजीको छुट

Read Time = 1 min

काठमाडौंं । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटको योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट अफर ल्याएको हो ।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन् । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताउनुभएको छ । यस्तो सुविधा लिन नबिल बैंकको कार्ड आवश्यक पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?