दाङ । केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेपछि त्यसको असर प्रदेश सम्मै पुगेको छ ।
अहिले लुम्बिनी प्रदेशका वर्तमान सरकारका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आइलागेको छ । केन्द्रमा परिवर्तन भइरहने राजनीतिक समीकरणको असर स्वरुप प्रदेश तहमा पनि सरकार फेरिनुपर्ने या पुनःविश्वासको मत लिनुपर्ने बाध्यता हुन्छ ।
लुम्बिनी प्रदेशको नेतृत्व गर्नेगरी दलहरूले भागबण्डा समेत गरिसकेका छन् । नयाँ समीमरण अनुसार लुम्बिनी प्रदेशमा एमालेले सरकार बनाउने छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउनका लागि ४४ प्रदेशसभा सदस्यको समर्थन आवस्यक पर्दछ। यहाँ एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सदस्यको स्पष्ट बहुमत देखिन्छ । माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्तिका चार–चार, जनमत, र लोसपाका तीन–तीन, जसपाका दुई, जसपा नेपाल, जनमोर्चा र नेकपा एसका एक–एक तथा एक जना स्वतन्त्र सांसद छन्।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चरणमा २०७९ पुस २७ गते एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका हुनुभएको थियो। तर, केन्द्रीय राजनीतिक समीकरणमा भएको फेरवदलको असर गिरी नेतृत्वको सरकारलाई पर्यो। फलत उहाँको नेतृत्वको सरकार ढल्न पुग्यो। गिरी नेतृत्वको सरकार ढलेपछि २०८० वैशाख १४ गते कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा नयाँ सरकार गठन भयो । यो सरकार पनि लामो समय चलेन। चैत २३ गते अर्को सरकार बन्न पुग्यो।त्यसपछि माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभयो। दोस्रो कार्यकालको पहिलो सरकारमा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा), जनता समाजवादी पार्टी(जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को समर्थन थियो ।
दोस्रो सरकारमा कांग्रेस, माओवादी केन्द्रसहित जसपा, लोसपा, नाउपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी(नेकपा एस)को समर्थन थियो । अहिले रहेको सरकारलाई एमाले, माओवादी केन्द्र, नाउपा,नेकपा एस, जसपा नेपालको समर्थन रहेको छ ।लुम्बिनीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा सरकार बनेको तीन महिना पनि पूरा भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच