एजेन्सी । विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा पहिलो राउण्डबाटै बाहिरिनुभएको छ । योसँगै उहाँ विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बन्नुभएको छ । ३० वर्षपहिले १९९४ मा पहिलोपटक स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउण्डमा लोरी म्याकनिलले हराउनुभएको थियो ।
चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औँ वरीयतामा रहनुभएकी स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित हुनुभयो । भोन्ड्रोसोभा माइनिरोसँग ६-४, ६-२ ले पराजित हुनुभयो ।
यस्तै, शल्यक्रियापछि पहिलो खेल खेल्नुभएका नोभाक जोकोभिचले भिट कोप्रिभालाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । सर्बियाका ३७ वर्षीय जोकोभिचले जुन ५ मा खुट्टाको शल्यक्रिया गराउनुभएको थियो । उहाँले कोप्रिभालाई सजिलै ६-१, ६-२ र ६-२ ले पराजित गर्नुभयो । भोन्ड्रोसोभा फ्रेन्च ओपनमा उपविजेता र तीन वर्षअघि टोकियो ओलम्पिकमा रजत पदक विजेतासमेत बन्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच