![नारायणगढ–बुटवल सडक : म्याद सकिन छ महिना बाँकी, आधा मात्रै](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Narayangad_butawal-sadak.jpg)
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरू अझै पनि समान अवसरबाट वञ्चित भइरहेको बताउनुभएको छ । महिला सुरक्षा दबाब समूह नेपालको ३१औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । मन्त्री चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले अहिलेको अवस्थामा महिलाको सहभागितामा केही सुधार आएको पनि बताउनुभयो । हरेक क्षेत्रको अवस्था हेर्दा चित्तबुझ्दो नभएकाले अब आगामी दिनमा राजनीतिकदेखि प्रशासनिक तहसम्म महिलाको सहभागिता बढाउनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष कल्याणी शाहले निर्णायक तहमा महिलालाई अवसर दिन हिचकिचाउने परिपाटी कायम रहेकाले यसको अन्त्य नभएसम्म महिला आफैं जागरुक हुने समय आएको धारणा राख्नुभयो ।
यता, कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि हरेक तह र तप्कामा पुरुषको जति भूमिका रहन्छ, महिलाको पनि उत्तिकै रहनुपर्नेमा जोड दिएका थिए । एकाइसौँ शताब्दीसम्म आइसक्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा केही फरक आएको भए पनि पदीय जिम्मेवारी दिन रोक लगाउने प्रवृत्ति हावी हुँदै गएकोप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले विविध कारणबाट अझै पनि ८० प्रतिशत महिला हिंसामा पर्ने गरेको तथ्यांक रहेको भन्दै उनीहरूले महिलालाई घरायसी कामकाजभन्दा पनि उद्यमशीलतातर्फ प्रेरित गर्नुपर्ने जिकिर गरे । महिला आफैं उद्यमी बन्न सके घरेलु हिंसा कम हुने विश्वास सरोकारवालाको छ ।
वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सावित्री थापा अग्रणी महिला सम्मान कोषद्वारा महिला अधिकार समानता तथा सशक्तीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो । आफ्नो जीवनको लामो समयदेखि बौद्धिक अपांगता भएका महिला बालबालिकाको क्षेत्रमा योगदान गरेको भन्दै सुवर्णकेशरी चित्रकार र कार्पेट उत्पादन तथा निर्यातको क्षेत्रमा ठूलो योगदान पु¥याएको भन्दै सुलोचना श्रेष्ठ शाहलाई मन्त्री चौधरीको हातबाट सम्मानपत्र प्रदान गरिएको हो ।
संस्थाका केन्द्रीय सदस्य कमला उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठ, संस्थाका महासचिव विजया श्रेष्ठ केसीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले आ-आफ्नो धारणा राखेका थिए । सम्मानपत्र वाचन मिना स्वर्णकारले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष विमला तुनसेवाले गर्नुभएको थियो । स्वर्गीय साहना प्रधानले लामो समयसम्म नेतृत्व गर्नुभएको उक्त संस्थाले दुई दशकभन्दा लामो समयदेखि महिलाको विषयमा केन्द्रित रहेर काम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच