सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्छ : वनमन्त्री साह

काठमाडाैं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री साहले मुलुकमा रोजगारीको समस्या समाधान गर्न पनि सो कदमले महत्वपूर्ण योगदान पुर्‍याउने दाबी गर्नुभयो । उहाँले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र स्थानीय सरकारको जिम्मा दिनुपर्ने प्रश्ताव पनि गर्नुभयो । स्थानीय जनताको पीडा सम्बोधन गर्न पनि सरकारले सो क्षेत्रको जिम्मा स्थानीय सरकारलाई दिन उचित हुने मन्त्री साहको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘मध्यवती क्षेत्रलाई स्थानीय सरकारको जिम्मा लगाउनु पर्छ । त्यसको अधिकार स्थानीय सरकारलाई दिँदाखेरी त्यहाँको जनताको पीडा र दुःख हरण गर्न पनि सो काम गर्नुपर्छ । त्यसका लागि आवश्यक कानून जतिसक्दो छिटो बनाउनु पर्छ । सरकारी कार्यालयहरुमा स्वेदशी काठको उपयोग हुने गरी कानून निर्माण गर्नुपर्छ ।’

मन्त्री साहले वन ऐन संशोधनको विषयमा पनि आफूले पहल गरिरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?