शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । कम्तीमा २४ जना घाइते भएका छन् ।

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भागाभाग गरेका थिए । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?