समृद्धि फाइनान्सको उत्कृष्ट ब्याजदर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनीले समृद्धि बचत धमाका योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो बचतलाई ७१ महिना पाँच दिनमा दोब्बर, एक सय १२ महिना २३ दिनमा तीन गुणा, एक सय ६५ महिना छ दिनमा पाँच गुणा र दुई सय १३ महिना १३ दिनमा आठ गुणासम्म बढाउन सक्नेछन् ।

साथै रेमिट्यान्स् बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोब्बर, ८९ महिना १४ दिनमा तीन गुणा, एक सय ३४ महिनामा पाँच गुणा र एक सय ६८ महिना २१ दिनमा आठ गुणासम्मको उच्चतम् प्रतिफल पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले बचत तथा मुद्दती खातामा पनि उच्चतम् ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशतसम्म र मुद्दतीमा १२.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?