मुगु । मुगुको सोरुगाउँपालिकाले वडादेखि पालिकाबाट संचालित हुने विकास योजनामा खटिने श्रमिकहरु आथिक वर्षको शुरुवाती महिनामै छनौट गर्ने भएको छ । पालिकाबाट सञ्चालन हुने विकास निर्माणका कार्य गर्न गरिव तथा विपन्न परिवारका घरधुरीबाट श्रमिकहरु छ्नौट गरि विकास निर्माणमा सहभागी गराइ विपन्न तथा बेरोजगार परिवारको आथिक अवस्थामा सुधार ल्याउने लक्ष सोरु गाउँपालिकाले लिएको उपाध्यक्ष केशरजङ्ग शाहिले बताउनु भयो ।
यो अभियान लागू भएसँगै आगामी आथिक वर्षबाट पालिकाबाट सम्पन्न हुने सम्पूर्ण योजनाहरुको निर्माणमा खटिने सबै श्रमिकहरुको वडा वडामा छ्नौट हुनेछ छनौट भएका श्रमिकहरुले मात्र वडामा हुने विकास योजनामा काम गर्न पाउनेछन् भने काम वाफतको ज्याला पालिकाले सिधै श्रमिक कै खातामा हाली दिनेछ ।
काम गर्ने,योजना सम्पन्न गर्ने श्रमिक तर योजनाहरुको भुक्तानी उपभोक्ताहरुको खातामा जादा सोझो, साझा, गरिव,जनताले काम अनुसारको ज्याला नपाउने, उपभोक्ता समितिमा रहेका टाठाबाठाहरु बसेर मिलेमतोमा योजनाको पैसा अपचलन गर्ने जस्ता घटनाले सर्वसाधारण जनता हैरान भएको र दु:ख पाउने गरेकाले पालिकाले प्रशासनिक खर्च, निर्माण सामाग्री बाहेकको श्रमिकको ज्याला उनीहरुले गरेको कामको आधारमा सिधै बैक खातामा पठाउने व्यवस्था गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले जानकारी गराउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत शाहिका अनुसार श्रमको सम्मान स्वरुप यस अघि नै सोरु गाउँ पालिकाले पालिका भरि श्रम गर्ने श्रमिकहरुको ब्यक्तिगत बैङ्क खाता मार्फत भुक्तानी गर्दै आएको छ । हालसम्म पालिका भरिमा कम्तिमा दुई हजार श्रमिकहरुको बैक खाता मार्फत उनिहरुको ज्याला भुक्तानी गरिसकेको छ ।
कामदारको ज्याला खातामा पठाउने गर्दै आएको पालिकाले आगामि आथिक वर्षबाट वडा वडा गाउँ गाउमा श्रमिक छनौट गर्ने र तिनै श्रमिकबाट विकास योजनाका काम गर्ने भएपछि यो अभियानबाट गरिव, निमुखा, विपन्न परिवार लाभान्वित हुनुका साथै योजना भन्नासाथ हुनेखाने, सम्पन्न परिवारले पनि आफ्नो अधिकार भनी आफू आउने वा आफ्नो प्रतिनिधि योजनाको काममा पठाउने कार्य निरुत्साहित हुने र विपन्नलाई आर्थिक थप भाग पर्ने पनि उपाध्यक्ष शाहीले बताउनु भयो ।
विगतमा पालिकामा सन्चालित हुने योजनाहरु पारदर्शि, गुणस्तरिय सामानको प्रयोग नभएकाे, डिजाइन स्टमेट अनुसार काम नहुने, कामदारले ज्याला नपाउने जस्ता समस्याले गर्दा अख्तियारमासमेत धेरै मुद्दा परेका थिए । विगतलाई चिर्दै जवाफदेही, पारदर्शी,जनमुखी,गरिवमुखी शासनको जनतालाई प्रत्याभूति गराउन श्रमिक छनौट र श्रमिक कै खातामा ज्याला जम्मा गरिदिने अभियान पालिकाले शुरु गरेको छ ।
स्थानीय तहमा सन्चालन हुने यस्ता खालका अभियान कार्यक्रमले मुलुकमा विद्यमान बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गर्छ नै त्यो भन्दा पर जनताको हात हातमा पैसा पुग्दा बजारमा आथिक चलाएमान हुदा नेपाल सरकारले लिएको दिगो आर्थिक विकास हासिलको लक्ष्य हासिल हुन पनि सहयोग पुर्याउँछ । तल्लो तहका जनता प्रत्यक्ष लाभान्वित हुने यस्ता खालका पारदर्शी कार्यको अन्य स्थानीय तहहरुले पनि अनुशरण गर्नुपर्ने इलाका प्रशासन कार्यालय सोरुकोटका निमित्त कार्यालय प्रमुख भिमराज सेजुवाल सुझाव दिनुहुन्छ ।
श्रमिक छनौट गर्न आर्थिक वर्षको शुरुवातीमा पालिका कर्मचारी, वडा कर्मचारी र प्राविधिकहरुलाइ वडा वडामा खटाइने र छनौटमा लक्षित वर्ग परे नपरेको र छनौट कार्य पारदर्शी,जवाफदेही भए नभएको चेक गर्न छनौट भएका श्रमिक माथि दावी विरोध गर्ने समय दिइने पनि छ ।
सोरु गाउँपालिकामा ११वटा वडा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच