
काठमाडौं । ब्राजिलका फरवार्ड भिनिसियस जुनियरले कोपा अमेरिकाको क्वाटरफाइनलको खेल गुमाउनुहुने भएको छ । कोलम्बियाका प्लेमेकर जेम्स रोड्रिगेजलाई फाउल गरेपछि रियल म्याड्रिडका स्टार जुनियरले प्रतियोगितामा दोस्रो पहेँलो कार्ड पाउनुभएको थियो ।
बुधबार बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा कोलम्बियासँग १-१ गोलको बराबरी खेल्दै ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । ब्राजिलले क्वाटरफाइनलमा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलले समूह ‘डी’का तीन खेलबाट दुई बराबरी र एक जितसहित पाँच अंक जोड्यो । ब्राजिल यो समूहको उपविजेता हो । उरुग्वे समूह ‘सी’ को विजेता बन्दै अन्तिम आठमा पुगेको थियो ।
अपराजित रहेको उरुग्वेले तीन खेलबाट शतप्रतिशत जित हासिल गर्दै नौ अंक जोड्यो । यी दुईबीचको खेल आइतबार बिहान एलेजियन्ट स्टेडियममा हुनेछ ।
यस्तै, जर्मनीका अनुभवी मिडफिल्डर टोनी क्रुसले युरोकपको क्वाटरफाइनलमा स्पेनविरुद्ध हुने खेल आफ्नो करियरको अन्तिम खेल नहुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । क्रुसले गत मे महिनामा घरेलु मैदानमा युरोकपपछि आफ्नो बुट थन्क्याउने घोषणा गर्नुभएको थियो । जसको अर्थ स्टुटगार्टमा शुक्रबार हुने खेल उहाँको अन्तिम हुन पनि सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच