![यू-२० टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/urjan-shrestha.jpg)
नयाँदिल्ली । टी-२० विश्वकप २०२४ को उपाधि विजेता भारतीय क्रिकेट टोली स्वदेश फर्किएको छ । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समयभन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बिसिसिआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो । भारतीय टोलीका खेलाडीहरू स्वदेश फर्किएपछि उनीहरूको विमानस्थलमै भव्य स्वागत गरिएको थियो ।
खेलाडीलाई स्वागत गर्नका लागि धेरै मात्रामा समर्थकहरू एयरपोर्ट पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरूलाई टी-२० विश्वकपको ट्रफी देखाउनुभएको थियो ।
बिहीबार नै भारतीय टिमले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्री मोदीले खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साँझ उनीहरू मुम्बईको वान्खडे स्टेडियममा आयोजित भिक्ट्री परेडमा पनि सहभागी भएका थिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच