![चलचित्रले मनोरञ्जनमात्र नभएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Chalchitra-bikas-bord-Rekha-Sharma.jpg)
काठमाडौं । नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाइन हस्पिटलबीच स्वास्थ्य सहुलियतमा छुटसहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाइन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंहबीच बुधबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्तक्षर भएको हो । वरिष्ठ चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरूको उपस्थितिमा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि कलाकार संघका सदस्यहरूले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने बताइएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको अस्पताल गैरनाफामूलक हस्पिटल हो । झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको हस्पिटलमा आईसीयू, एनआईआईसीयू, सिटी–स्क्यान, अर्थोपेडिक, न्युरोलोजी, गाइनोलोजी, ग्यास्ट्रोलोजी, पेडिएट्रिक, कार्डिओलोजी, नेफ्रोलोजी, न्युरोसर्जरी, न्युरोफिजिएट्री, फिजीओथेरापी, इएनटी, इन्टर्नल मेडिसिन, अनेस्थेसिआ, जनरल ल्यापरोस्किपिक, रिडियोलोजीलगायत विभिन्न सुविधाहरू न्यूनतम खर्चमा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।
कलाकार संघका सदस्यहरूका लागि सिल्भरलाइनले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्ने बताएको छ । उच्चस्तरीय प्रविधि र नयाँ व्यवस्थापनसहित अस्पताल सञ्चालनमा छ ।
बुधबार भएको सम्झौता कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र कार्यक्रम संयोजक तथा कलाकार संघका सदस्य उद्ववप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कलाकारहरू वसुन्धारा भुसाल, भुवन चन्द, चौत्यदेवी सिंह, लय संग्रौला, उत्तम केसी, पुरन जोशी, निर्देशक माधवराज खरेल, विजयरत्न तुलाधर, शुभाश गजुरेल, राकेश खडका, पल्पसा डंगोल चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पत्रकार प्रदीप कार्की, कलाकार आशा भुसाल, सविना कार्कीलगायत कलाकार संघका सम्पूर्ण सदस्य तथा पदाधिकारी, चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिति थियो ।
संघका अध्यक्ष निरौलाले कलाकार संघले धेरै समय विभिन्न हस्पिटलमा छुट पाए पनि औपचारिक रुपमा पहिलो पटक सम्झौता सिल्भरलाइन हस्पिटलसँग भएको बताउनुभयो । यस्तै हस्पिटलका निर्देशक डाक्टर अनिमेश जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरूलाई सम्झौतामा उल्लेख भएको सेवाबाहेक अन्य विभिन्न व्यावहारिक पक्ष र सेवामा समेत छुट हुने बताउनुभयो । उहाँले हस्पिटलमा सबै डाक्टर युवा उमेरका रहेकाले सेवाका लागि गुणस्तरमा पूर्ण प्रतिबद्व रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच