![अपरिहार्य शिक्षा र बदलिँदो नतिजा](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Janak-Rawal-Hita-article.jpg)
‘जस्तो बिउ रोपिन्छ त्यस्तै फल फल्छ’ भन्ने भनाइलाई यसपालिको एसइईको नतिजाले छर्लंग पारिदिएको छ । प्रसिद्ध लोकोक्ति छ : ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्र्याइने हुन्छ ।’ खेतमा धानको बिउ रोप्यौँ भने धान नै फल्छ, गहुँ फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहुँ फलाउन गहुँ । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागू हुन्छ । यो हाम्रा अन्य व्यवहारमा पनि लागू हुन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गरेसँगै यसको चर्चा परिचर्चा भइरहेको छ । सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
निजी विद्यालयको नतिजा राम्रो आउने तर सामुदायिक विद्यालय भने कमजोर किन ? यस विषयमा बहस चलाउनुपर्छ । हुन त हामीकहाँ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न भन्दै विभिन्न तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल नहुने गरेका होइनन् तर व्यवहारमा यसले सार्थकता पाउन सकिरहेको छैन ।
५२ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ जना फेल (एनजी) भएका छन् । परीक्षा बोर्डका अनुसार ३१ हजार २०९ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । ३.२० देखि ३.६० जिपिए ल्याउनेको संख्या ६८ हजार २५६ छ । त्यस्तै, २.८० देखि ३.२० जिपिए ल्याउनेहरूको संख्या ७८ हजार ८७४ जना छन् । २.४० देखि २.८० जिपिए ल्याउनेहरूको संख्या ४१ हजार १७७ छन् । दुई हजार ९५० जनाले २.०० देखि २.४० जिपिए ल्याएका छन् भने ६ जनाले १.६० देखि २.०० जिपिए ल्याएका छन् । नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएपछि यसको विभिन्न टीकाटिप्पणी भइरहेको छ । यो एसइई नतिजाको विश्लेषण पनि शिक्षाविद्हरूले गरिरहेका छन् । यो नतिजाले अहिलेको शिक्षा परिपाटी र कमजोर शिक्षा प्रणालीको प्रतिफल हो भन्न सकिन्छ । यो नतिजाले हाम्रो सिकाइ प्रणालीलाई प्रश्न तेस्र्याएको छ । हाम्रो अर्को तथ्यांक के छ भने कक्षा-१ मा झण्डै १०, १५ लाख बालबालिकाहरू भर्ना हुन्छन् भने एसइई दिँदा करिब पाँच लाखमात्रै हुन्छन् ।
यसतर्फ सम्बन्धित निकायकले ध्यान पुर्याएको देखिँदैन । किन यस्तो भइरहेको छ भनेर चासो र सरोकार राखेको पनि पाइँदैन । बीचमा यत्रो विद्यार्थी हराउँदा र एसइईको रिजल्ट राम्रो आउन नसक्नुमा यसको दायित्व कसले लिने ? तर, हामीकहाँ त एकले अर्कोको टाउकोमा दोष थोपरेर उम्किने गरिन्छ । यसलाई कसरी सुधार गर्ने भन्नेतर्फ चासो र चिन्तन भएको पाइँदैन ।
अर्कोतर्फ राजनीति सबैतिर यति धेरै हाबी भएको छ कि यसले शिक्षा क्षेत्रलाई पनि अछुतो छोडेको छैन । हाम्रा शिक्षकहरू पढाउनेभन्दा पनि दलको झण्डा बोक्नमा आफूलाई गौरवान्वित ठान्छन् । जसले गर्दा उनीहरूले जति गल्ती गर्दा पनि संरक्षण पाउँछन् । यो हाम्रो तितो यथार्थ हो । गल्ती गर्दा पनि राजनीतिमा लाग्ने शिक्षकलाई सजाय दिनुपर्नेमा हामीकहाँ राजनीतिका कारण उनीहरूलाई नै पुरस्कृत गरेको पाइन्छ । शिक्षकलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्नेबारेमा अहिलेका शिक्षामन्त्रीले राम्रो निर्णय गर्नुभएको छ । तर, यो कार्यान्वयनमा आउनेमा भने आशंका छ । फेरि सरकार उथलपुथलका कुरा छन् । आगामी आउने शिक्षामन्त्रीले यसलाई निरन्तरता दिने हुन् हो होइनन् शंकाको विषय नै छ ।
त्यही विषयमा निजी विद्यालयको नतिजा राम्रो आउने तर सामुदायिक विद्यालय भने कमजोर किन ? यस विषयमा बहस चलाउनुपर्छ । हुन त हामीकहाँ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न भन्दै विभिन्न तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल नहुने गरेका होइनन् तर व्यवहारमा यसले सार्थकता पाउन सकिरहेको छैन । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि गरिएका अनेकौं कार्यका लागि करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुनु दुखद कुरा हो ।
हाम्रो मुख्य समस्या कमजोर सिकाइमा नै रहेको पाइन्छ । यसलाई सुधार नगरेसम्म हामीले राम्रो नतिजाको आश गर्नु भनेको कत्तिको जायज हुन्छ ? राज्यले शिक्षामा पैसा लगानी त गरेको छ तर त्यो पैसा बालुवामा पानी भएको छ । राज्यले शिक्षा क्षेत्रमा बेवास्ता गरेकै कारण यसरी लाखौँ विद्यार्थीहरूको भविष्य अँध्यारो सुरुङको यात्रातर्फ उन्मुख भएको हो । हामीकहाँ पुरानै परम्परागत शिक्षा प्रणालीबाट सिकाउने गरिन्छ विद्यार्थीलाई । अर्को कुरा शिक्षकले आफूलाई कति अपडेट राख्छन् भन्ने आउँछ । त्यस्तै विद्यालयको पूर्वाधार, वातावरणले धेरै कुरामा प्रभाव पार्दछ । युग सुहाउँदो कस्तो शिक्षा उपयुक्त हुन्छ भनेर विश्वभरिका प्रायः सबै मुलुकहरूले आफ्नो योजना बनाई कार्यान्वयन गरिरहेका बेला हामीकहाँ भने त्यस्तो भएको पाइँदैन ।
शिक्षा समाज र राष्ट्रलाई चलायमान बनाउँदै विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो । विश्व शिक्षामा आधुनिकतासँगसँगै नयाँ-नयाँ खोज अनुसन्धानमा दिन प्रतिदिन अनेक अनुसन्धान गरिरहेका छन् भने हाम्रो शिक्षा प्रणाली त्यसबाट धेरै टाढा रहनु दुखद पक्ष हो । जग राम्रो भएमा घर राम्रो हुन्छ । शिक्षाको जग प्रारम्भिक शिक्षा नै हाम्रो यति कमजोर छ भने यसबाट भोलि कस्तो प्रतिफलको आशा गर्ने ?
त्यस देशको शिक्षा प्रणालीले निर्धारण गर्छ देश कस्तो हुने भनेर । हरेक देशको भविष्य निर्माणको मेरुदण्ड भनेको शिक्षा हो । शिक्षा समाज र राष्ट्रलाई चलायमान बनाउँदै विकास र समृद्धिको लयमा डोर्याउने मार्गदर्शक हो । विश्व शिक्षामा आधुनिकतासँगसँगै नयाँ-नयाँ खोज अनुसन्धानमा दिन प्रतिदिन अनेक अनुसन्धान गरिरहेका छन् भने हाम्रो शिक्षा प्रणाली त्यसबाट धेरै टाढा रहनु दुखद पक्ष हो । जग राम्रो भएमा घर राम्रो हुन्छ । शिक्षाको जग प्रारम्भिक शिक्षा नै हाम्रो यति कमजोर छ भने यसबाट भोलि कस्तो प्रतिफलको आशा गर्ने ?
सम्बन्धित निकायले समयमै यसका कमीकमजोरीलाई सच्चाएर अघि नबढेमा हाम्रो भोलि कस्तो होला ? शिक्षा भनेको विकासको आधार अर्थात् सम्पूर्ण विकासको जग हो । शिक्षा कमजोर भएको खण्डमा सिंगो मुलुक नै कमजोर हुन्छ भन्ने कुरालाई समयमै मनन गरी यसमा सुधार ल्याउनु जरुरी छ ।
हामीकहाँ त अनुमान र लहडबाजीका भरमा शिक्षामा परिवर्तन गर्ने गरेकाले पनि नतिजा राम्रो आउन नसकेको हो । शिक्षा नीति भनेको लाखौँ लाख विद्यार्थीको भविष्यसँग गाँसिएको विषय हो । यस्तो संवेदनशील विषयमा लहडबाजीका भरमा परिवर्तन गर्नुहुँदैन ।
अर्कोतफ उच्च शिक्षाका लागि देशमा भएका होनहार र प्रतिभाशाली विद्यार्थीहरू विदेशी मुलुकमा पुगिरहेका छन् । यसरी देशका होनहार र प्रतिभाशाली विद्यार्थी विदेश होमिनु भनेको निकै चिन्ताको विषय हो । यसरी देशको ऊर्जा शक्ति अध्ययनका लागि विदेश पलायन हुनु भनेको देश हरेक क्षेत्रबाट पछाडि पर्दै जानु हो ।
देशका बौद्धिक वर्ग अध्ययन गर्ने वहानामा विदेश जाने तर नफर्कने प्रवृत्तिले हाम्रा हरेक क्षेत्रमा यसको हदैसम्म असर परेको देख्न सकिन्छ । यतिबेला त प्लस टु सक्नेबित्तिकै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लर्को नै देखिन्छ । विदेश पढ्न जानेको लर्कोसँगै यहाँबाट ठूलोमात्रामा हाम्रो धनराशि बाहिरिरहेको पनि छ । हाम्रो वर्तमान शिक्षा प्रणालीले अभिभावकको र विद्यार्थीको विश्वास जित्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो ।
यसपालिको एसइईको नतिजाले के देखाउँछ भने हाम्रो शिक्षाको दूरवस्था छ । शिक्षालाई यस्तो अवस्थामा ल्याइपु¥याउने सरोकारवाला सबै जिम्मेवार छन् । हामीले हाम्रो शिक्षा सुधारका नाममा धेरै रकम बगायौँ तर यसको परिणाम भने शून्यमा छ । यसले के देखाउँछ भने हामीले रोपेको एउटा छौँ र आश गरेको अर्को । जे रोप्छौँ त्यही पाउँछौँ । कति दिनसम्म सबैलाई भ्रममा राख्ने । हामीले शिक्षा सुधारका लागि कति इमानदार भएर प्रयत्न गरिरहेका छौँ ? अहं प्रश्न यो हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच