मूर्खस्य ठिङ्गा बलम्
एकजना साथीले मलाई सोधे, कोइराला यो संसारका धेरैजसो देशमा शिक्षामा प्रयोग गरिँदैन । शिक्षकलाई सम्मान गरिन्छ । नेपालमा चाहिँ हेमबहादुर मल्ल पनि शिक्षकलाई सुठुनी खेती पढाउने, जोगमेहर पनि शिक्षक भनेका नजिकमा राख्ने जात होइनन् भन्थे, अहिलेकी सुमना पनि शिक्षकलाई सताउन रणचण्डी बन्नु परे पनि तयार देखिन्छन् किन हो हँ ? उज्यालामा चोरी धेरै हुन्छ कि अँध्यारामा धेरै हुन्छ जस्तो लाग्छ तपाईंलाई भनेर मैले पनि उल्टै प्रश्न सोधें । उनले भने चोरी भनेको नै आँखा छलेर अँध्यारोमा गरिने काम न हो भने । हो, तपाइँले असल पढेका मान्छेले चोरी गरेको या घमण्ड प्रदर्शन गरेको सुन्नुभएको थियो ? एकजाना राजाको ढिकुटी चोर्न गएको राजालाई कविता नआएर तिन लाइन लेखेर चौथामा अड्केको देखेर पाउपूरा गरिदिएपछि राजाले तिमी चोर होइनौ भनेर बस्सरी धन दिएर पठाको सुनेको थिएँ ।
डा.गोविन्द केसी, सन्दुक रुइत, डा.सुरेशराज शर्मा, महावीर पुनलाई यो देशका सरकार चलाउनेले कहिल्यै उनीहरूको विज्ञताका क्षेत्रमा सल्लाह लिएका समाचार सुन्नुभएको छ ? छैन भने पढेका मान्छेको सल्लाह आवश्यक नपर्ने को हुन्छ ? हो, मूर्खजति जान्ने बन्न खोज्छ काम त्यति नै बिगार्छ । विश्वविद्यालयका अधिकारीलाई विज्ञापन गरेर विद्वानको सम्मान गरे कि अपमान गरे यिनले ? अब त राजदूतमा पनि विज्ञापन गर्ने रे ? अन्धेर नगरी चौपट राजा, टकासेर भाजी टकासेर खाजा बुझ्नुभयो ? नपाउनेले केरा पायो बोक्रैसित खायो ।
सिंगान पुछ््न नजानेको बच्चाको हालत के होला तराईका बस्तीमा अहिले पनि शौचालय छैन । घाम अस्ताउने या साँझ र झिस्मिसे उज्यालामा सडकका छेउ नै गाउँका शौचालयमा परिणत हुन्छन् भने त्यहाँका बालबालिकालाई सडकका छेउबाट हिँड्न सिकाउँदा ती विद्यालय जाने अवस्थामा रहन सक्लान् ?
कामका मान्छेलाई अपमान गरेर काम लिने कि सम्मान गरेर ? शिक्षकलाई अविश्वास गरेर शिक्षामा गुणात्मक सुधार सम्भव छ ? कति धेरै धडरमधम गरेथे यिनले ? शिक्षकलाई कारबाही गर्ने सर्कुलेसन गरेथे । एसइईको परिणमको जिम्मेवारी सुमनाजीले लिने कि प्रचण्डजीले ? गौरवका आयोजना घोषण रमाएर गर्ने तर निर्माण व्यवसायीलाई दिनुपर्ने रकम चाहिँ नदिने बेलामा निर्माण आयोजना पूरा हुन्छन् यसरी ? दूध दिने गाईलाई भोकै राखेर किलामा बाँधेर लट्ठीले कुटेर धेरै दूध दिन्छ कि ? हरियो घाँस कुँडो दिएर सिहारसम्भार गर्दा धेरै दूध दिन्छ ? मान्छे भैंसी होइन खान र लाउन दिएरमात्रै पुग्दैन उसका आभ्यन्तरिक आयामका विकासको अवसर पनि दिनुपर्छ राज्यले । उथलपुथलले मात्रै केही हुँदैन ।
१२ कक्षालाई माध्यमिक तहको अन्तिम तह मानेपछि एसइईको नौटंकी किन ? उत्तर छ ? सिंहदरबारका धडरमधमले हुम्लाका विद्यालयका विद्यार्थीको गुणात्मक सुधार गर्छ कि त्यहीं पढाउने शिक्षकलाई सक्षम बनाउने व्यवस्था मिलाउनुपर्छ ? दार्चुला, हुम्ला, कालिकोट जुम्ला जस्ता ठाउँका विद्यार्थीको तह र योग्यता त्यहीका शिक्षकले जाँच्ने तोक्ने कि गोल्डेन गेट, लाल दरबारका शिक्षकले जाँच्ने तोक्ने ? सुमनाजीका गफ र चुरीफुरी साउने धोबी खोलाका फुर्तीजस्तै देखेँ मैले । देश, काल परिस्थिति अनुकूलको पाठ्यक्रम, विधाविज्ञ गुरु र आवश्यक पठनपाठनमय वातावरण निर्माणबेगरका चुरीफुरी आपत्तिका कारण बन्दा रहेछन् होइन त ? अस्ति निक्लेका परीक्षाका परिणमपछि पनि शिक्षक धम्क्याउने शिक्षामन्त्रीको फुर्ति उस्तै छ ? अब केही दिनमा विज्ञापनबाट गएका उपकुलपति र शिक्षाध्यक्षका चुरीफुरी विश्वविद्यालयमा देखिनेछन् ।
जागिर खाएर नअघाएकाहरू किन गएका रहेछन् सबैले देख्नेछन् । परिणाम निक्लँनासाथ पचासौं विकृतिका दुर्गन्धले भरिएको निर्णय गरेर भेलि पनि विकलांग बनाइन् कि बनाइनन् सुमनाले ? अब यस्ता क्रियाकलापलाई सुमना नै भन्छन् कि अरू नै केही उपयुक्त नाम देलान् नेपालीले ? यसै कारण नीतिले भन्छ...‘ सुविचार्य यत्कृतं सुदीर्घकालेपि नयाति विक्रियाम् ।’ मैले दार्चुलाको एउटा विद्यालय देख्ने अवसर पाएको थिएँ । गोडाका दुईटा औंलाले मात्र टेकेर १५ मिनेट हिँड्नुपर्ने आटव्यको भिर छ । त्यहाँका विद्यार्थीका पाठ्यक्रममा सडकका छेउबाट हिँड्नुपर्छ भनेर पढाइयो भने त्यो सिंगान पुछ््न नजानेको बच्चाको हालत के होला र तराईका बस्तीमा अहिले पनि शौचालय छैन । घाम अस्ताउने या साँझ र झिस्मिसे उज्यालामा सडकका छेउ नै गाउँका शौचालयमा परिणत हुन्छन् भने त्यहाँका बालबालिकालाई सडकका छेउबाट हिँड्न सिकाउँदा ती विद्यालय जाने अवस्थामा रहन सक्लान् ?
यस देशका कुना कन्दराका गाउँगाउँमा पुग्ने बौद्धिक, मध्यमस्तरीय जनशक्ति हो राष्ट्रको यो समुदाय । विद्यार्थीका रहरले र शिक्षकका योग्यताले विषय निर्धारणमा सहयोग पुर्याउने हुनाले पहिले देशको र समाजको आवश्यक्तालाई दृष्टिपथमा राख्नुपर्छ ।
सुधारका साधन
शिक्षामा सुधार ल्याउन पाठ्यक्रम युग, देश, काल र संस्कारसंस्कृति अनुकूलको रोजगारीमूलक, संज्ञानात्मक र व्यावसायिक पनि हुनुपर्छ । त्यसलाई राम्ररी बुझाएर सकेसम्म मिल्ने जानेबुझेका उदाहरण दिएर विद्यार्थीलाई बुझाउन सक्ने शिक्षक आवश्यक हुन्छन् । त्यहींका स्थानीय समाजबाट योग्य जिज्ञासु र गुरु बन्न पाउँदा गौरवबोध गर्ने गुरु उत्पादनमा सरकार लाग्नुपर्छ । ससरकारको काम शिक्षक धम्क्याउने र त्रासमा राखेर भाले बन्ने होइन । स्वर्गीय प्रदीप गिरि भन्थे ‘प्रजातान्त्रिक व्यवस्थामा जनताबाट सरकार डराउँछ । तानाशाही व्यवस्थामा जनता सरकारबाट डराउँछ ।’ आज हाम्र देशमा नवतानाशाहले शासन सत्ता सम्हालेका छन् । अतः यिनलाई डण्डाले सबै कुरा हुन्छ भन्नेमात्रै ज्ञान छ ।
शिक्षाको जग नसुध्रिकन विश्वविद्यालय सुध्रँदैन । आजका विश्वमा कुनै देश कस्तो छ ? भनेर जान्नु परो भने त्यस देशमा भएकामध्य कुनै एउटा विश्व विद्यालय र कुनै एउटा माध्यमिक विद्यालय हेरे केन्द्रदेखि गाउँसम्मका सरकार, विकासका योजना र त्यस देशका मान्छेको रुचि जान्न सकिन्छ भनिन्छ । गुरु सान्दी पनिले वनका पर्णशालामा बसेर कृष्ण र बलरामजस्ता विद्यार्थी उत्पादन गरेथे । सुकरातले गाउँमा बसेर प्लेटोजस्ता र प्लेटोले अलि सुविधामा बसेर अरस्तुजस्ता विद्यार्थी उत्पादन गरेका थिए । शिक्षामा सुधार ल्याउन शिक्षकलाई खानपुग्ने तलब, अन्य आवश्यक सुविधा, असल पाठ्यक्रम, पठनपाठनमैत्री वातावरण बनाउन पनि त्यत्तिकै ध्यान दिनुपर्छ । यस प्रकारले आवश्यक कुरा निर्माण गरेमात्र सुधार आउँछ । स्पष्टीकरण र कारबाहीका धमासले, शिक्षण पेसालाई घिनलाग्दोगरी चित्रण गर्नाले सुधार हुनेवाला छैन ।
यस देशका कुना कन्दराका गाउँगाउँमा पुग्ने बौद्धिक, मध्यमस्तरीय जनशक्ति हो राष्ट्रको यो समुदाय । विद्यार्थीका रहरले र शिक्षकका योग्यताले विषय निर्धारणमा सहयोग पुर्याउने हुनाले पहिले देशको र समाजको आवश्यक्तालाई दृष्टिपथमा राख्नुपर्छ । पाठ्यक्रम लागू गरेपछि कम्तीमा पाँच वर्ष त्यसका प्राप्ति अप्राप्तिको मूल्यांकन गरेरमात्रै संशोधन, परिवर्त र परिवद्र्धनका प्रक्रिया सुरु गर्न सकिन्छ । हाम्रा देशको शैक्षिक स्थितिलाई हेर्दा कधहिले शासकका सनकमा,कहिले दाताका इच्छामा त कहिले देशका राजनीतिक विचारका नाराका आधारमा पाठ्यक्रम, मूल्यांकन पद्धति परिवर्तन गरिन्छ यो सबैभन्दा घातक कुरो हो ।
सरकार परिवर्तन भए पनि र राजनीतिक दल जुनसुकै आओस् शैक्षिक क्षेत्रका सर्वेसर्वा शिक्षक नै बन्नुपर्दछ । जसरी किसानले उपयुक्त मौसम छानेर बालीनाली लाउँछ ठीक त्यसैगरी कक्षाकोठाका मूलकर्मीलाई निश्चित अवधिका लागि आएका व्यक्तिले नचाउने वतावरण बन्द गरेर सरकार प्रवद्र्धक, प्रोत्साहक र उपयुक्त वातावरण निर्मापकका भूमिकामा रहनुपर्ने हुन्छ ।
सही बिश्लेषण, मेरो दाजुलाई सलाम छ।