रियल बेटिसमाथि बार्सिलोनाको जित

Read Time = 1 min

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । बुधबार राती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई दुई–एक गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक/एक गोल गर्नुभयो ।

खेलको ६५औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको ८०औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो । खेलको ८५औँ मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरे पनि बार्सिलोना दुई-एकले विजयी भयो ।

त्यस्तै, खेलको इन्जुरी समयमा विलियम कार्भाल्होले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै बार्सिलोनाले लिगमा आठ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले १९ खेलमा ५० अंक जोडेको छ । बेटिस ३१ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?